
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ माघ
माघे मकर संक्रान्तिको अवसरमा भारतको प्रयागराजमा नेपाल सहित विश्वका करोडौं मानिसहरुले महाकुम्भ स्नान गरेका छन् । यस अवसरमा नागाबाबाहरुको सामुहिक रैलीले एकसाथ स्नान गरेका छन् । यो महाकुम्भ स्नान मेला १२ वर्षपछि लागेको बताइएको छ । सनातन हिन्दु धर्ममाथि विश्वास राख्ने साधुसन्त,नागाबाबा लगायत जनसाधारणले यो स्नान गरेर पापबाट मोक्ष प्राप्त हुनुका साथै सकारात्मक उर्जा प्राप्त हुने जनविश्वास रहि आएको छ ।