
पहिलो दिन गोदाबरी सेकेण्ड्री स्कुल र शिखर सगरमाथा सेकेण्ड्री वीच हुने
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ माघ
मधेस प्याब्सनद्वारा ९ औं वार्षिकोत्सवको अवसरमा अन्तरविद्यालय क्रिकेट टुर्नामेन्टको उद्घाटन शनिवार हुने भएको छ ।
उद्घाटनपछि पहिलो दिन शनिवार गोदाबरी सेकेण्ड्री स्कुल देवी चौक र शिखर सगरमाथा सेकेण्ड्री स्कुल भ्रमरपुरा चौक वीच प्रथम खेल हुने केन्द्रीय अध्यक्ष प्रा. अमरेन्द्र कुमार झाले बताउनुभयो । त्यसैगरी दोस्रो दिन आइतबार विहान ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल कुवा र सरस्वती विद्यापिठ पब्लिक ई.बो.स्कुल हलखोरी,महोत्तरी वीच र दिउसो गैलेक्सी सेकेण्ड्री स्कुल बजरंग चौक र ग्रीनउड ई.एकेडेमी रामानन्द चौक वीच हुने छ । तेस्रो दिन एन्जल्स सेकेण्ड्री स्कुलले खेल्ने मौका पाउने छ । यसरी यो टुर्नामेन्ट १५ ओभरमा खेलाइने छ भने अन्त्यमा एक जना विजेताले वीनर कप हात पार्ने मधेस प्याब्सनको केन्द्रीय सचिव प्रा.पवन कुमार साहले बताउनुभयो । खेल अवधि भरी मेडिया पार्टनरको रुपमा जलेश्वर टुडे राष्ट्रिय दैनिक र अनलाइनले सहयोग भएको छ ।