
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ माघ
नेपाल सद्भावना पार्टी र तमलोपाले सँयुक्त रुपमा शनिवार जनकपुरधाममा सातौं बलिदानी दिवस मनाउने भएको छ ।
नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाम(सिहपुर जानेबाटो,मिल्स एरिया)मा नेपाल सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)ले पहिलो पटक सँयुक्त रुपमा मधेसको प्रथम शहिद रमेश महतो लगायतका वीर शहिदहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्न यो कार्यक्रमको आयोजना गर्न लागेको नेसपाको केन्द्रीय महासचिव प्रा.पवन कुमार साहले बताउनुभयो । सो कार्यक्रममा दुवै पार्टीका नेता,कार्यकर्ता तथा अन्य पार्टीका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहने महासचिव साहले थप्नुभयो ।