दोस्रो दिन ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल र सरस्वती विद्यापीठ पब्लिक इ.बो.स्कुल वीच खेल हुदै – Jaleshwortoday

दोस्रो दिन ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल र सरस्वती विद्यापीठ पब्लिक इ.बो.स्कुल वीच खेल हुदै

 ६ माघ २०८१, आईतवार ००:१०  
33 copy

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ माघ

मधेस प्याब्सनद्वारा ९ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलको दोस्रो दिन ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल र सरस्वती विद्यापीठ पब्लिक इ.बो.स्कुल वीच खेल हुने भएको छ ।
उद्घाटनपछि पहिलो दिन शनिवार बाह्रविगहा खेल मैदानमा गोदाबरी सेकेण्ड्री स्कुल देवी चौक र शिखर सगरमाथा सेकेण्ड्री स्कुल भ्रमरपुरा चौक वीचको प्रथम खेलमा गोदाबरी १ बिकेटले जितेको थियो भने शिखर सागरमाथाले १४४ लक्ष्य दिएको थियो । दोस्रो दिन आइतबार विहान ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल कुवा र सरस्वती विद्यापिठ पब्लिक ई.बो.स्कुल हलखोरी,महोत्तरी वीच र दिउसो गैलेक्सी सेकेण्ड्री स्कुल बजरंग चौक र ग्रीनउड ई.एकेडेमी रामानन्द चौक वीच हुने छ । तेस्रो दिन एन्जल्स सेकेण्ड्री स्कुलले खेल्ने मौका पाउने छ । यसरी यो टुर्नामेन्ट १६ ओभरमा खेलाइएको छ भने अन्त्यमा एक जना विजेताले वीनर कप हात पार्ने मधेस प्याब्सनको केन्द्रीय सचिव प्रा.पवन कुमार साहले बताउनुभयो । खेल अवधि भरी मेडिया पार्टनरको रुपमा जलेश्वर टुडे राष्ट्रिय दैनिक र अनलाइनले सहयोग भएको छ ।