
जलेश्वरटुडे समाचारदाता
सप्तरी, ५ माघ
रुपनी गा.पा. का थारु समुदायले थारु जातिको भेष भाषा कला संस्कृति अग्र अधिकार समावेशीता को पहिचान सहित थारु जातिको समग्र अभियान माघी महोत्सव-२०८१ तथा थारु सम्वत २६४९ को अवसरमा थारू कल्याणकारी सभा कार्य समिति रुपनी गा.पा. सप्तरीको आयोजना तथा रुपनी गा.पा. को संयोजक्त्वमा रुपनी गाउँपालिका वडा न-२, हरिरवामा संस्कृतिक कार्यक्रम, झाकी प्रदर्शन,पौरानिक नाच, गित,संगीत तथा विभिन्न कला प्रस्तुति गरि मनाएका छन।
कार्यक्रममा थारू कल्याणकारी सभा नगर समिति रुपनी गा.पा. स्तरिय उपाअध्यक्ष श्री शान्ति देबि चौधरीको अध्यक्षता, रुपनी गा.पा. अध्यक्ष श्री दिनेश यादब ज्युको प्रमुख अतिथ्यता लगायत रुपनी गा.पाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, बुधिजिविहरु, राजनितीकर्मीहरु, विभिन्न समुदायहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उद्घोषकको भुमिका निर्वाह गरेका श्री देबानन्द चौधरी ले “यसरी भव्यताका साथ रुपनी गाउँपलिका भित्रका थारु समुदायले एकै ठाँउ मनाएका माघी महोत्सव पहिलोपटक रहेको र आगामी दिनहरूमा पनि विभिन्न पर्व, कार्यक्रमहरु यसरी नै मनाउने प्रतिबध रहेको बताए” र चौधरी होटेल ले यस माघी महोत्सवमा स्तल राखी थारु परिकारहरु व्यापार तथा प्रदर्शन गरे।