मधेस प्याब्सनद्वारा आयोजित क्रिकेट टुर्नामेन्टमा दोस्रो दिन ज्ञान गंगालाई हराउदै सरस्वती विद्यापीठ विजयी – Jaleshwortoday

मधेस प्याब्सनद्वारा आयोजित क्रिकेट टुर्नामेन्टमा दोस्रो दिन ज्ञान गंगालाई हराउदै सरस्वती विद्यापीठ विजयी

 ६ माघ २०८१, आईतवार २३:१६  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ माघ

मधेस प्याब्सनद्वारा आयोजित क्रिकेट टुर्नामेन्टमा आइतवार दोेस्रो दिन ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुललाई हराउँदै सरस्वती विद्यापिठ पब्लिक इ.बो.स्कुल हलखोरी,महोत्तरी विजयी भएको छ । टस हारेर व्याटिंग पाएको ज्ञान गंगाले ३३ रन बनाएर अल आउट भएको थियो । दोस्रो पारीमा सरस्वती विद्यापीठले ४ ओभरमै चौका प्रहार गरेर ९ विकेटले जित हात पारेका थिए । दुबै विद्यालय वीच रोमाञ्चक तथा घमाशान खेल नभए पनि ज्ञान गंगाका साना विद्यार्थीहरुको उत्साह र लगनलाई सबैले प्रशंसा गरेका थिए ।
सरस्वती विद्यापीठका खेलाडीहरु तालिम प्राप्त तथा अभ्यास गरेका बुझिएका थिए । करिव १२ बजे शुरु भएको खेल हेर्न दर्शहरुको बाक्लो उपस्थिति देखिएको थियो । मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले म्यान अफ द म्याचको मैडल सरस्वती विद्यापीठ पब्लिक इ.बो.स्कुलको विद्यार्थी विकी यादवलाई प्रदान गर्नु भएको थियो । ९ औं वार्षिकोत्सवको अवसरमा संचालन भएको क्रिकेट टुर्नामेन्टको अर्काे खेल गैलेक्सी से.स्कुल र ग्रीनउड ई.एकेडेमी वीच हुने आयोजकले बताए ।
त्यसैगरी अर्काे खेल एन्जल्स से.स्कुल वीच समेत हुने बताइएको छ । केन्द्रीय अध्यक्ष झाले मधेस प्याब्सनद्वारा संचालित यस क्रिकेट टुर्नामेन्टले थप मधेस प्रदेशका विद्यार्थीहरुलाई उर्जा प्रदान गर्नुका साथै प्रत्येक साल यो खेलको आयोजना गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । यो खेल नकआउट या लिग खेल्ने भन्ने विषय विचाराधिन रहेकोले मधेस प्याब्सनका सदस्य विद्यालयहरु प्रतिक्षारत छन् ।