मंगलबार गैलेक्सी सेकेण्ड्री स्कुल र ग्रीनउड ई.एकेडेमी वीच खेल हुदै – Jaleshwortoday

मंगलबार गैलेक्सी सेकेण्ड्री स्कुल र ग्रीनउड ई.एकेडेमी वीच खेल हुदै

 ७ माघ २०८१, सोमबार २२:३०  
77

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ माघ

मधेस प्याब्सनद्वारा ९ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलको तेस्रो दिन गैलेक्सी सेकेण्ड्री स्कुल र ग्रीनउड ई.एकेडेमी वीच खेल हुने भएको छ ।
यो खेल बाह्रविगहा खेल मैदानमा मंगलबार विहान १० बजेदेखि संचालन हुने मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले जानकारी गराउनुभयो ।
उद्घाटनपछि पहिलो दिन शनिवार बाह्रविगहा खेल मैदानमा गोदाबरी सेकेण्ड्री स्कुल देवी चौक र शिखर सगरमाथा सेकेण्ड्री स्कुल भ्रमरपुरा चौक वीचको प्रथम खेलमा गोदाबरी १ बिकेटले जितेको थियो भने शिखर सागरमाथाले १४४ लक्ष्य दिएको थियो । दोस्रो दिन आइतबार विहान ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल कुवा र सरस्वती विद्यापिठ पब्लिक ई.बो.स्कुल हलखोरी,महोत्तरी वीचको खेलमा ज्ञान गंगाले खडा गरेको झिनो लक्ष्य ३३ रनलाई सरस्वती विद्यापीठले ४ ओभरमै ९ विकेटले जितेका थिए । यसरी यो टुर्नामेन्ट १६ ओभरमा खेलाइएको छ भने अन्त्यमा एक जना विजेताले वीनर कप हात पार्ने मधेस प्याब्सनको केन्द्रीय सचिव प्रा.पवन कुमार साहले बताउनुभयो । खेल अवधि भरी मेडिया पार्टनरको रुपमा जलेश्वर टुडे राष्ट्रिय दैनिक र अनलाइनले सहयोग भएको छ ।