जलेश्वरमा ३ दिवसीय अनलाईन सुरक्षा, लागुपदार्थ दुर्व्यसनि, लैङगिक हिंसा सम्बन्धि तालिम सम्पन्न – Jaleshwortoday

जलेश्वरमा ३ दिवसीय अनलाईन सुरक्षा, लागुपदार्थ दुर्व्यसनि, लैङगिक हिंसा सम्बन्धि तालिम सम्पन्न

 ८ माघ २०८१, मंगलवार २०:०७  
3

आरजे इर्शाद
महोत्तरी, ८ माघ

महोत्तरीको जलेश्वरमा ३ दिवसीय अनलाईन सुरक्षा, लागुपदार्थ दुर्व्यसनि, लैङगिक हिंसा सम्बन्धि तालिम सम्पन्न भएको छ ।
महोत्तरी जिल्ला जलेश्वर ०२ स्थित पत्रकार महासंघको सभा हलमा दलित समाज उत्थान समिति नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा एकडारा र सम्सि गाउँपालिकामा संचालित Protection- Community Engagement Child Sponsorship Program अन्तरगत २०८१ माघ ६ देखि ८ गते सम्म ३ दिवसीय अनलाईन सुरक्षा, लागुपदार्थ दुर्व्यसनि, लैङगिक हिंसा सम्बन्धि तालिम दिएको छ । उक्त तालिममा सम्सि गाउँपालिकाबाट १० वटा बाल क्लव, १ वटा बाल संजाल र एकडारा गाउँपालिकाबाट १२ वटा बाल क्लव, १ वटा बाल संजाल गरी जम्मा ४८ जनाको सहभागिता रहेको थियो । तालिम दुई समुहमा संचालन गरिएको थियो ।
तालिममा प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यालय, महोतरी प्रहरी निरीक्षक सुरज दुलाल, प्रहरी सहायक निरीक्षक मनिष कुमार ठाकुरले लागुपदार्थ दुर्व्यसनि, अनलाईन सुरक्षा तथा लैङ्िगक हिंसा सम्बन्धि प्रशिक्षण दिनु भएको थियो।कार्यक्रमको अध्यक्षता दलित समाज उत्थान समिति (DSWCN) महोतरीको कार्य समिति सदस्य अजय पासमानले गर्नुभएको थियो । अतिथिको रुपमा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, प्रहरी निरीक्षक नन्द किशोर चौहान, वल्ड भिजन इन्टरनेशन नेपालको महोतरी जिल्ला संयोजक दिलिप यादव सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै “सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले तालिम एकदमै प्रभावकारी भएको साथै बाल क्लवको पदाधिकारीहरुको माध्यमबाट समुदायमा जनचेतनामुलक फैलाउन मदत पुग्ने र बालबालिकाहरुले सिकेको कुरा सुन्न, बुझ्न पाउन खुसि लाग्यो भनी प्रशंसा गर्नुभयो।
त्यस्तै वल्ड भिजन इन्टरनेशन नेपालको महोतरी जिल्ला संयोजक यादवले तालिममा सहभागि भएका भाइ बैनीहरुलाई तालिममा सिकेका कुराहरु आफुमा लागू गर्न र सिकेको कुराहरु आफ्नो परिवार, समुदाय र साथी भाईहरुमा पनि सचेतना गराउनु पर्ने कुरामा प्रोत्साहन गर्नु भयो । जिल्ला प्रहरी कार्यालयबाट आउनु भएका दक्ष प्रशिक्षकले आधारित विषयवस्तुमा प्रशिक्षण दिई तालिम प्रभावकारि भएको बताउनु भयो साथै कार्यक्रमलाई सफल बनाउन जिल्ला प्रशासन कार्यालयको समन्वयकारी भुमिका प्रति विशेष धन्यवाद दिनुभयो ।
दलित समाज उत्थान समिति नेपालले वल्डभिजन इन्टनेशनल नेपालको साझेदारीमा बालबालिकाको समृद्धिको लागि शिक्षा, स्वास्थ्यको क्षेत्रमा स्थानिय तह तथा जिल्लाका सरचनाहरुसग समन्वयमा काम गर्दै आईरहेको कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी (DSWCN) ले जानकारि दिनुभयो ।