नेपाल सद्भावना पार्टीले स्व. गजेन्द्र नारायण सिंहको २५ औं पूण्यतिथि मनाउँने – Jaleshwortoday

नेपाल सद्भावना पार्टीले स्व. गजेन्द्र नारायण सिंहको २५ औं पूण्यतिथि मनाउँने

 ८ माघ २०८१, मंगलवार २०:५२  

सोनी साह
धनुषा, ८ माघ

नेपाल सद्भावना पार्टीले मधेसको मसिहा स्व.गजेन्द्र नारायण सिंहको २५ औं पूण्यतिथि जनकपुरधाममा मनाउँने भएको छ । नेपाल सद्भावना पार्टीको केन्द्रीय महासचिव प्रा.पवन कुमार साहले प्रेस विज्ञप्ति जारी गर्दै माघ १० गते बिहिबार दिनको ३ बजे जनकपुरधामको जनक चौकमा मनाउने कार्यक्रम रहेको बताउनुभयो । साथै सो कार्यक्रममा सहभागि भई दिन हुनको लागि पार्टीका सम्पूर्ण पदाधिकारी,नेता,कार्यकर्ता तथा नेसपाका पूराना समर्थकहरुलाई समेत आग्रह गरिएको महासचिव साहले थप्नुभयो । नेसपाको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय पदाधिकारीहरुको संयुक्त बैठक माघ १० र ११ गते पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा बस्ने भएकोले सम्बन्धीत सम्पूर्णमा जानकारी गराइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।