एसईइको तयारी,बहस एसईइ परिक्षा माथिको,एसइई नतिजा खराब हुनका कारणहरु – Jaleshwortoday

एसईइको तयारी,बहस एसईइ परिक्षा माथिको,एसइई नतिजा खराब हुनका कारणहरु

 १३ माघ २०८१, आईतवार २१:११  
12

यसर्थ् यसपालीका एसइई नतिजामाऔसत प्रतिशत पनि घट्दै जानुका प्रमुख कारणहरुः
पृष्ठभूमिः
विद्यालय शिक्षाको अन्तिम परिणाम भनेको एसईइ परिक्षाकै नतिजा हो । अर्थात् नेपालमा २०७२ साल देखि नै अक्षरांकन प्रणाली अथवा लेटर गेडिंग सिस्टम लागु भएको हो । अन्य सालको तुलनामा यसपाली ननग्रेडिंग ल्याउने विद्यार्थी बढि नै देखिएकोले यसलेगर्दा देश भरिकै आम जनमानसमा यस परिक्षाको नतिजा प्रति निराशा जागेर आउनु चांहि स्वभाविकै हो । यसकारण यो पनि शिक्षा शिक्षण अथवा शिक्षा शिक्ष्क जस्तो गहन विषय वस्तु संग सम्बन्धीत नै भएको हुनाले यसलाई अनुसन्धान मोडलमै एउटा लेख तयार गर्ने जमर्को गरेको छु । आशा छ कि यो सान्दर्भिक लेख रचनाले अवश्य उचित स्थान पाउंने छन् । किनकी अहिलेको शिक्षा क्षेत्रमा देखिए को जल्दो बल्दो समस्या भनेको यो नै प्रमुख हो जसमा मैले व्यावहारिक तथा सैद्धान्तिक पक्ष दुबैलाई समेटेर आफना गहकिला तर्कका साथ समापन गर्न खोजेको छु ।
समुदायिक विद्यालय तथा संस्थागत विद्यालयबीचको खाडल
वास्तवमा हिजोआज करिव देशव्यापी, नेपालै भरिको वहुर्चाको विषय एसइई नतिजा प्रकाशन रहेकोछ । विगतका केहि वर्षको तुलनामा यसपलीको एसईइका रीजल्ट हेर्दाखेरि जोकाहीलाई संवेदनसील बनाएकोछ । किनकी विगतमा प्रायजसो करिब पचास प्रतिशत भन्दा माथि नै औसत प्रतिशत पास हुन्थ्यो भन्देखिन यसपाली केबल ४८ प्रतिशतमा मmरेकोले आम जनतामा यसप्रति यस्तो ठुलो निराशा छाएको कुरा त स्वभाविकै हो नि ?हुनत समुदायिक विद्यालयहरुका अपेक्षामा संस्थागत विद्यालयहरुकै रिजल्ट राम्रो र संतुष्टिजनक रहे तापनि समुदायिक विद्यालयका प्रयास सार्थक नै मान्नु पर्दछ किनकी यसका पछाडि पनि विभिन्न कारकहरु रहेका छन् । ति सबै कारक तत्वहरु मध्ये सब भन्दा प्रमुख कारक तत्व चांहि संस्थागत विद्यालयका र समुदायिक द्यिालयका सञ्चालन प्रकृया देखि लिएर फितलोकक्षाव्यवस्थापन अनि यसको अवैज्ञानिक अव्यवस्थित तौर तरिकाको बीचको खाडल नै रहेको छ ।
सर्वप्रथम् समुदायिक विद्यालयमा पिछडावर्ग देखि उत्पीड्ीत, दलित तथा अति विपन्न परिवारका बच्चाहरु ८० प्रतिशत हुन्छन् भने करिब २० प्रतिशतका हराहारिमा हुनेखानेका बच्चा जो समान्य पेशाकर्मीहरुका परिवारका हुन्छन् । यसर्थ् गरिब परिवारका बच्चाहरु कक्षाकार्य र गृहकार्य समेत गर्न पांउदैनन् तसर्थ् उनिहरुका बेश भनेको जरैदेखि मजबुत हुंदैनन् । अर्कातर्फ यहां गणित विज्ञान तथा अंग्रेजी विषयका शिक्षकको प्रायः अभाव नै हुने गर्दछन् । दरवन्दी मिलान तथा आवश्यकताको आधारमा विद्यालयहरुमा सम्बन्धित विषयका दरवन्दीको समुचिथत व्यवस्थापन हुंदै हुंदैनन् । तर यसको ठीक विपरीत संस्थागत विदालयका बच्चाहरु ८० प्रतिशत धनी परिवारका हुन्छन्, तिनीहरुलाई कक्षाकार्य तथा गृहकार्य गर्नकालागि अभिभावकले होम ट्यिूशन देखि कोचिंग कक्षाको समेतका व्यवस्थापन चांहि राम्ररी नै गरेका हुन्छन् । यति मात्र होइनन् तिनीहरुका बच्चा मानसिक र शारीरिक रुपमा समेत तन्दरुस्त देखिन्छन् भने समुदायिक विदालयमा अनिवार्य रुपबाट नियमित तथा सघन अनुगमन नभएको कारणले बच्चाहरु कुपोषणका शीकार समेत भएका हुन्छन् । किनकी तिनीहरुका लागि गरिएको खाजा व्यवस्थापन कार्यक्रम ८० देखि ९० प्रतिशत विद्यालयमा पौष्टिक तत्वले भरिपूर्ण चाहिं हुंदै हुदैनन् । यसरी मानसिक तथा शारीरिक रुपबाट स्वस्थ तथा तन्दरुस्त यदि, कुनैबच्चा नभए सम्ममा उसको बौद्धिक विकासमा ठुलै असर पारेको हुन्छ भने कुरा कसैले पनि नकार्न सकिंदैनन् । वरिष्ठ् पत्रकार राजेश्वर नेपालीजीको विचारमा नेपालमा एसएलसी परिक्षा अथौत् माध्यमिक स्तरका अन्तिम परिक्षा जुन अधिराज्य भरिमा एकै समयमा एउटै प्रणालीमा एक रुपता कायम गर्नका लागि लिने गरिन्छ त्यो केहि हद सम्म त ठीक हो तर त्यसको पठन पाठन देखि लिएर अन्य कक्षा व्यवस्थापनमा पनि वैज्ञानिक ढंगबाट कार्यान्वयन पनि हुनु पर्यो नि ? विश्व जागरण पत्रिकाका सम्पादक नेपाली जी बि.सं २०४६ सालमा एसएलसी परिक्षाको मर्यादा कसरी कायम गर्न सकिने भने शीर्षक माथि सम्पादकिय प्रकाशित गर्नु भएको थियो ।

अर्कातर्फ हाम्रो समुदायका अभिभावक यति संकिर्ण छन्कि अमेरिकाको ठीक विपरित समुमायिक विदालयमा जति पनि राम्ररी पढाए पनि आफ्ना बच्चाहरु लगेर संस्थागत विद्यालयमा अर्थात् बोर्डिगंमै लगेर थुपार्दछन् । अमेरिकामा समुदायिक विदालयको उन्नती तथा प्रगति यहांको ठीक विपरित हाम्रो निजी तथा प्रईभेट बोर्डींग मmैं छन् भने त्याहांका नीजी, प्रईभेट तथा बोर्डींग स्कुलहरुका दुर्दशा चाहिं यहांका सरकारी तथा समुदायिक विद्यालयहरु मmै नै रहेको छ । यसर्थ् आजको दिनमा अमेरिकाको शिक्षा प्रणाली यति चुस्त र दुरुस्त भएकै कारण शिक्षा तथा अन्य विकासमा फड्को मारी उनिहरु हामी भन्दा यति अगाडि छन् । त्यहां समुदायिक विद्यालयको तरक्कीसंग नीजि विद्यालयको कुनै तुल्ना नै छैनन् । यसरी यहां सर्वप्रथम् यस्तो खाडललाई सम्बन्धित् सबै सरोकारबालाले यदि जब सम्म पुर्ने कोर्सिस चांहि गर्दैनन् तब सम्म यहांको विद्यालय स्तरको रिजल्ट देखि लिएर कुनैपनि शैक्षिक सुधारको कल्पना गर्न सकिंदैनन् । मानौ शत्रको सुरुमै बालविकासको भर्ना दर चाहिं अधिराज्यभरि एघारलाखको हराहरीमा रहेको संख्या किन पांचलाखको संख्यामा सिमित भएर गएको होला? एसइई दिंदा सम्म किन ड्रप आउट हुंदा रहेछन् त यति भारीको संख्यामा तिनीहरु, त्यसका लेखा जोखा किन गरिंदैनन् ?नरायण घिमिरे जनकपुरका नाईट वीपी क्याम्पस पढाउंदा स्थानीय पत्रिका जागरणमा मिति २०५३ माधयमिक परिक्षाको तयारी सम्बन्धि लेखमा आफ्नो सारगर्भिक तर्क के प्रस्तुत गरका थिए भने, विद्यार्थीको विद्यालय भर्ना देखि लिएर दशम् कक्षा सम्मको खोज अनुसन्धान जरुरी रहेछ कि के कति कारणबाट उीिहरुलाई विद्यााय छोड्ने बध्यता आएको छ ।
दुई दुई वर्षको करोना संकटकालमा अध्यन अध्यापनको क्रमभंग
आज भन्दा दुईवर्ष पूर्व कल्पाना गर्नुस् करोनाको कहरबाट केवल हाम्रो मुलुक होइनन् कि विश्व नै कति पिडित थियो, यस्तो संकटकालमा यी बच्चाहरु आधारभुत तहकै सात आठ कक्षाामा नै थिए होलान् । त्यतिखेर यस्तो आफत र विप्पदले देशभरिका २५ देखि ३० प्रतिशत नीजि विद्यालयहरु सदाकालागि बन्द नै भए । बांकीको करिब ४० प्रतिशतले भर्चुवलकक्षा ऐनतेन औनलाईन लर्निंग सञ्चालन गर्न सफल चांहि भए । तर समुदायिक विद्यालयका केबल २० प्रतिशत विद्यालयहरु जुन शहरी क्ष्ोत्रमा सुविधा समपन्न थिए त्यतिमात्रले एनतेन प्रविधिक सञ्जाल मार्फत् चांहि यो अनलाईन कक्षाहरु सञ्चालन गर्न सफल भए भने, हामीले यहां के बुमm्न जरुरी छ कि केबल ४० प्रतिशत बच्चाको आधारभुत लेभलको बेसिक ज्ञान थिए होलान् भने दुई वर्ष पछिको माथिल्लो कक्षामा यदि यिनिहरुले ४८ प्रतिशत औसत रिजल्ट यदि कटाएका छन् भने यसलाई एकप्रकारले संतुष्टिजनक मान्ने कि नमान्ने ? विद्यालय शिक्षामा सुधार भने लेखमा नेपाली विषयका प्रध्यापक तीर्थ राज थापाले आफनो विचार यसरी पोखेका छन् कि विद्यार्थीको आधारभूत तह जब सम्म मजबवुत हुंदैनन् तब समम माथिल्लो कक्षामा पनि खास सुधारको चांहि अपेक्षा गर्न सकिंदैनन् ।
अर्थात् यस्तो संकटकाल खण्डको अवस्थालाई र द्धन्दपिडित घरीको तनाव पारगर्दागर्दै पक्कै पनि पठन पाठनको नियमित प्रकृयाको क्रमभंग भएको थियो होलान् यद्यपि दुई तीन वर्षको केवल मिहिनेतले माथिल्ला कक्षाहरु ४८ प्रतिशतको औसतले कटाउनु भनेको यसलाई चांहि संतुष्टि जनक नै मान्नु पर्दछ । काठमाडौं महानगर पालिकामा समुदायिक विद्यालयले ७० प्रतिशतको भन्दा पनि माथि चांहि कटाउन सफलभए होलान त? सबै व्यवस्थापनमा भर पर्दो रहेछ नि? जसको तुलना चांहि अरु कसैले गर्न सक्दैनन् । यसरी नेपाली विषयका प्रध्यापक ईशवर पोखरेलका विचारमा माधयमिक शिक्षा प्रणालीमा सुधारल्याउन चांहि यसको कक्षा चढाउने परिक्षा प्रणलीमा नै व्यापक सुधार ल्याउनु अति आवश्यक रहेको छ । कक्षा उकास्ने अव्यावहारिक सिद्दान्तले विद्यार्थीको नपढने वाणी लगाएकोले तिनीहरु अध्ययन प्रति खासै चासो नदेखाउने रहेछ नि ?
समुदायिक विद्यालयहरुमा दरवन्दी व्यवस्थापन तथा दरवन्दी मिलानमा हेलचेक्रयांई पनि यसको प्रमुख कारण
वास्तवमा यदि भन्ने हो भने, समुदायिक विद्यालयको पठन पाठन ठप्प पर्नुको पछाडि एउटा प्रमुख कारण भनेको एउटा यो पनि हो, कि दुर्गम् तथा विकट क्षेत्रदेखि लिएर सुगम क्षेत्रमा समेत पनि यस्तो विषयगत दरबन्दीका अभावका कारण तल्लो तहका शिक्षककहरुद्धारा नै कक्षा सञ्चालन हुंदै आई रहेको देखिन्छ, जसको परिणाम स्वरुप आज यो नतिजा केबल ४८ प्रतिशतमा आएर मmरेको देखिन्छ, भने कुरालाई नकार्न सकिंदैनन् । विद्यार्थीका कक्षा उकास्ने परिक्षा भन्दा कति गुणा महत्वपूर्ण उनीहरुका आन्तरिक मुल्यांकण जो निरन्तर रुपमा भइ रहनु पर्दछ, जसको अवलम्बन भनेको ५० प्रतिसत नीजी विद्यालयमा हुन्छन् होला भने यसको ठीक्क विपरित चांहि सरकारी तथा समुदायिक विदालय मध्ये २५ प्रतिशत विद्यालयमा मात्र सिमित रहेको होला भने तथ्य छुपेको छैन । अर्थात् यसबाट नै अनुमान लगाउन सकिन्छ कि,मानौ जहां ५० प्रतिशतको तुलनामा आन्तरिक मुल्यांकण निरन्तर रुपमा सञ्चालन हुंदो रहेछ, भने त्यहां पक्कै पनि ५० प्रतिशतको भन्दा माथि औसत परिणाम आउन सक्छ भने यसको ठीक्क विपरित जहां केवल २५ प्रतिशत विद्यालयमा आन्तरिक मुल्यांकण त्यो पनि नियमित तथा निरन्तर रुपमा सञ्चालन नभई केवल हचुवाको तालमा यस्तोखाले संवेदनशील आन्तरिक परिक्षा प्रणाली लागु हुंदो रहेछ भने, त्यहांका विद्यार्थी ४८ प्रतिशत नतिजा ल्याउनु त संतुष्टि जनक नै रहेछ नि ? ऋषि राज विप्र नेपाली विषय तथा व्याकरणका विद्धानले आफ्नो कृति मध्य चन्द्रिकामा बडो सारगर्भिक भाव व्यक्त गरेका छन् त्यो भने के रहेछभने विद्यालय स्तरमा जब सम्म आन्तरिक मुल्यांकन अनिवार्य रुपमा लागु गरिदंैनन् तब सम्म विद्यालय स्तरका पठन पाठन र परिक्षा प्रणालीमा पनि संतुष्टी जनक सुधार आउने छैनन् । वास्तवमा उनले आफना लोकप्रिय कृति मधय चन्द्रिका (२०४५) मा यस किसिमका यर्थाथ् छरपष्ट् पोखनुभारैछ । उक्त पुस्तकका लेखकको भनाइ पृष्टमा उनी आफ्नो यस किसिको सारगर्भिक विचार तथा दर्शन व्यक्त गरेका रहेछन् ।

शिक्षकहरुका दलगत राजनैतिक मृगतृष्णा तर पठनपाठनप्रति वितृष्णाका कारण पनि शिक्षा शिक्षणमा नकारात्मक परिणाम
हुनत समुदायिक विद्यालयका शिक्षकहरु पनि केहि हदसम्म यस्तो नतिजाको जिम्मेवार रहेका छन् । कारण समुदायिक विदालयका लगभग ८० प्रतिशत अप्रत्यक्ष रुपमा तर २० प्रतिशत प्रत्यक्ष् रुपमा दलगत राजनीतिक प्रतिनीधि भएर पेशागत संघ संगठनमा आवद्ध भइ विद्यालय स्तरका शिक्षा शिक्षण क्षेत्रलाई अस्त व्यस्त तथा लथालिंग समेत तुल्याएको छ । प्रत्यक्ष् रुपमा विभिन्न संघ संगठनका कार्यसमितिमा प्रतिनिधित्व गर्ने करिब २० प्रतिशत शिक्षकहरु उल्टै प्रधानाध्यापकलाई थर्काउने देखि लिएर केबल डाईरेक्शन दिने गर्दछन्, यदि आफै प्रधानाध्यापक भए अमmै मनोमानि गर्ने गर्दछन् ।बांकी पढाउने ८० प्रतिशत शिक्षकहरुमा पठनपाठन प्रति वितृष्णा तर राजनैतिकदलका मmण्डा बोक्ने मृगतृष्णा बढाउने काम यहि प्रतिनीधि तथा पदाधिकारीले नै गरेका छन् ।
अर्थात् जसरी कलेज क्याम्पस् तथा यूनिभर्र्र्र्सीटीहरुमा राजनीतिको प्रत्यक्ष् हस्तक्षेपले गर्दा र्शैिक्षक गतिविधि तथा पठन पाठन समेतमा नकारात्मक असर पार्ने गर्दछन् ठीक्क त्यसैगरी समुदायिक विद्यालयमा पेशागत संघ संगठनका प्रतिनीधि तथा पदाधिकारीका राजनैतिक मृगतृष्णाले अधिकतम् शिक्षकहरुकाशिक्षण प्रति वितृष्णा बढाएको कारणले गर्दा चाहिएको गुणात्मक परिणाम ल्याउनकठीनाइको सामना गर्नुपरि रहेको देखिन्छ । किनकी नेपाली भाषा तथा व्याकरणका प्रकाण्ड विद्धान सत्यनारायण गजेडीले आफ्नो व्याकरणात्मक कृति नेपाली व्याकरण तथा रचना (२०६५) मा लेखकको भनाइ पृष्ठमायहि कुरामा जोड दिएका छन् कि, जसरी विश्वविद्यालय स्तरमा शिक्षालाई राजनीतिले नकारात्मक परिणाम ल्याउंदा रहेछन् त्यसैगरी विद्यालय शिक्षामा पनि अनावश्यक प्रत्यक्ष राजनैतिक हस्तषेपले नकारात्मक परिणाम ल्याउंदा रहेछन् । वास्तवमा हो पनि विद्यालय स्तरमा खासगरी समुदायिक विद्यालयहरुमा अनावश्यक राजनीतिकरणले पनि शिक्षा प्रणालीको परिक्षमा चाहिएको गुणात्मक परिणाम चांहि नआउन सकेको हो ।
निष्कर्ष ः
शिक्षा जस्तो विशुद्ध पेशालाई राजनीतिको अखाडा बनाउनु भएन । यसलाई राजनीति मुक्त बनाउनु पर्दछ । अन्यथा सरकारले लिएको अपेक्षित लक्ष्य प्रािप्त गर्न धेरै नै कठीनाईको सामना गर्नु पर्दछ । यस लेख मार्फत् आफूल धेरै लेखकका सान्दर्भिक लेखहरु पढेर तथा गहिरो अध्ययन गरेर निचोडमा पुगी माथिका प्रस्तुत् निष्कर्षमा पुगेको छु । आशा छ कि माथिका निष्कर्षबाट यस लेखको अन्तिम उदेश्य जुन एसईइ परिक्षाको नतिजा सुधार्नु रहेकोछ त्यो अवश्य नै पुरा हने देखिन्छ जब कि यसलेख भित्रका हरेक सल्लाह तथा सुमmावहरु अक्षरसःःअनिावार्य रुपमा कार्यान्वयन हुनेछ ।शिक्षामा समय सापेक्ष वार्षिक बजेट बढाउनु पर्नेको साटो सरकारले यसलाई घटाउदै लगेका छन् भने कसरी होला यसको सुधार त?यस लेखका प्रमुख निष्कर्ष उपरोक्त सुमmावानुसार प्रस्तुत् गर्न सकिन्छ ।