जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ फागुुन
जनकपुरधाममा अवस्थित श्री देवअंशी लहेरी समाजद्वारा यहाँको अराध्य देव श्री सत्य नारायण भगवानको मन्दिरमा एक विशेष कार्यक्रम वीच पटना बिहार लाहकार महासंघको कोषाध्यक्ष मुकेश कुमार लहेरी,वहाँको धर्मपत्नी रेणु देवी एवं दरभंगा लहेरीयासरायको पवन कुमार साह लहेरी सम्मानित भएका छन् ।
कार्यक्रममा उपस्थित आधा दर्जन भन्दा बढी मन्दिरका महन्थ एवं सन्त लगायत अन्य स्वजाति आदरणीय महिलाहरुमा उग्णी देवी तथा पुरुषहरु सम्मानित भएका थिए ।
कार्यक्रममा पटनाबाट पाल्नु भएका विशेष अतिथि कोषाध्यक्ष मुकेश उर्फ मुन्नाले मन्दिर कम्पाउण्डको उत्तरपट्टी पर्ने मूल ढोकाको प्लाष्टर,टाइल्स,लाइट लगायत
अन्य सौन्दर्ययीकरणको सम्पूर्ण खर्च,मन्दिर लगायत अन्य तल्लाहरुमा भविष्यमा आवश्यक पर्ने सिलिङ पंखा खर्च तथा भविष्यमा एक कोठे भवन समेत आफू बनाई दिने प्रतिबद्धता लहेरी स्वजातिको विचमा गर्नु भयो ।
मन्दिरको मूल ढोकाको काम आइतबारबाटै शुरु गराईदिने तथा ३० हजार भारु पेश्की समेत समितिलाई जिम्मा लगाईदिन आफन्त तथा भू.पु.कोषाध्यक्ष दिलिप साह लहेरीलाई आग्रह गर्नुभयो ।
वहाँ ले सल्लाहकार भरत साहलाई सामुहिक रुपमा माला लगाएर सम्मान गर्नुभयो । यसै गरी अर्काे दरभंगा लहेरीयासरायबाट पाल्नु भएको स्वजाति पवन कुमार
साह लहेरीले पनि मन्दिरमा पुजाआजा गर्नको लागि कार्यक्रममै ११ सय भारु समितिको कोषाध्यक्ष शुत्रधन साहलाई प्रदान गर्नुभयो । यसै गरी जनकपुरधाम फिल ईटका संस्थापक भरत महासेठले पनि आफूले मन्दिरको विजुलि व्यवस्थापनको काम सिघ्र्र गराइदिने प्रतिबद्धता विजुलि प्राबिधिक जितेन्द्र यादवको विचमा गर्नुभयो । कार्यक्रममा सम्मानको लागि मगही गमछा,खाँदा,मिथिला पाग तथा श्री सत्य नारायण भगवानको सुन्दर प्रतिमाको व्यवस्था गरिएको थियो ।
अध्यक्षता समाजको अध्यक्ष मुकेश कुमार साहले,संचालन महासचिव पवन कुमार साहले तथा अन्य सहयोग समितिका सल्लाहकार तथा बिहार लाहकार महासंघको के. सदस्य लक्ष्मण साह,उपाध्यक्ष रमेश साह,सचिव कुन्दन साह लगायत अन्य सदस्यहरु,स्वजाति डा.पप्पु साह,डा.सरिता साह,मदन साहले गर्नु भएको थियो ।