महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा एक महिलाको हत्या – Jaleshwortoday

महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा एक महिलाको हत्या

 २० माघ २०८१, आईतवार २३:२०  
1

आरजे ईर्शाद
महोत्तरी, २० माघ

महोत्तरी जिल्लाको गौशाला नगरपालिका ८ का अभिषेक यादवकी २१ वर्षीय श्रीमती खुश्बु कुमारी यादवको गए राति हत्या भएको हो ।

प्रहरीका अनुसार पारिवारिक विवादका कारण खुश्बुकाे हत्या गरिएको जनाएको छ । हत्यापश्चात् अभिषेक यादव लगायत उनका घरपरिवार फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले जानकारी दिनुभएको छ ।

मृतकको शव पाेस्टमार्डमका लागि जलेश्वर प्रादेशिक अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले बताउनु भयो ।

मृतकका माइतीपक्षका अनुसार गत विवाहपन्चमीका दिन खुश्बुकाे विवाह गौशाला नगरपालिका ८ का अभिषेक यादवसँग भएको थिए । विवाहपछि खुश्बु माइतीघर फर्केर गएका थिएन।