जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ फागुण
प्रदेश नं. २ को राजधानी जनकपुरधामको वडा नं. १२ मा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कूलले विद्यालय परिसरमै १११ औं अन्तरराष्ट्रिय नारी दिबस मनाएका छन् ।
सो अवसरमा विद्यालयले महिला शिक्षिका तथा अभिभावकहरुको सहयोगमा नारी सम्मान झल्कीने फोटाहरुको अनावरण गरी यस वर्ष महिला दिबस मनाएका छन् ।
विद्यालयको प्रधानाध्यापक उप.—प्रा. पवन कुमार साहले विद्यालयको उपप्र्रधानाध्यापक सोनी साहलाई सो कार्यक्रममा अध्यक्षता गराउँनु भएको बताउनुभयो ।
विद्यालयमा विद्यार्थीहरुले घरबाट ल्याएका फुल,माला,अबिरले महिला शिक्षिका,अभिभावक,कर्मचारी तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित
हुने शिक्षिकाहरुमा निलम पाण्डेय,चाँदनी झा,अञ्जु महतो,रागनी ठाकुर, २ जना महिला अभिभावक,कर्मचारी गिता शर्मा र केटी छात्राहरु थिए ।
प्र.अ.साहले महिला दिबस शुुरुवात अमेरिकाको न्यूयोर्क शरहबाट १९०९ ई.सं.बाट भएको र पछि विश्वव्यापी रुपमा ८ मार्चलाई नारी दिबसको रुपमा मनाउन
थालिएको ईतिहासबारे प्रकाश पार्नुभयो । वहाँले यस दिबसले बिगतमा भएको नारीप्रतिको असमानता,दुव्र्यवहार,शोषण,बलात्कार,हिंसा,बोक्सीको आरोप
लगायतका समस्याहरुलाई रोकी वहाँहरुको अधिकारप्रति सजग रहन तथा सम्मान र सहयोग गर्न हरदम तत्पर रहन स्मरण गराउँछ बताउनुभयो ।
कार्यक्रममा पुरुष बरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा र मनिष कापर समेतको उपस्थिति तथा सहयोग रहेको थियो । प्ले ग्रुप देखि माथि देखिको
विद्यार्थीहरुको सहभागिताले कार्यक्रममा आकर्षण देखिएको थियो । उपस्थित अभिभावक राजु साह लहेरीले समेत फोटो खिच्नमा सहयोग गर्नुभएको थियो ।