ज्ञान गंगाले मनाए ८औं वार्षिकोत्सव, सोमबार नयाँ विद्यार्थीहरुलाई नामाँकन गरी २५ जनालाई बाँडे २ लाख ३० हजारको दुर्घटना बिमाको कोसेली – Jaleshwortoday

ज्ञान गंगाले मनाए ८औं वार्षिकोत्सव, सोमबार नयाँ विद्यार्थीहरुलाई नामाँकन गरी २५ जनालाई बाँडे २ लाख ३० हजारको दुर्घटना बिमाको कोसेली

 २१ माघ २०८१, सोमबार २२:४३  
475923108_4739951696230937_458049243334544695_n

सोनी साह
जनकपुरधाम, २१ माघ

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एक कार्यक्रम वीच ८औं वार्षिकोत्सव मनाएको छ ।
प्रत्येक वर्ष सरस्वती पुजाको दिन पर्न गएको यस विद्यालयको वार्षिकोत्सव माँगलीक रहको विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले बताउनुभयो । विद्याकी देवी माता सरस्वतीको विशेष पुजाआजा,साँस्कृतिक कार्यक्रम तथा अतिथिहरुलाई विशेष सत्कार गरी ८औं वार्षिकोत्सव मनाएको प्र.अ.साहले जानकारी गराउनुभयो । विद्याकी देवी माता सरस्वतीको पुजाआजा सँगै आज नयाँ विद्यार्थीहरुको अक्षारम्भको साइत भएकोले यस विद्यालयले पूर्व घोषणा गरे अनुसार २५ जना नव विद्यार्थीहरु नामाँकन गरी २ लाख ३० हजारको दुर्घटना बिमाको कोसेली समेत अभिभावकहरुलाई दिएको जानकारी गराउनुभयो ।