जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २३ माघ
पालिका र वडाहरूबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुरयाउने उद्देश्यले मटिहानी नगरपालिकाले आज देखि एकीकृत घुम्ती सेवा शिबिर प्रारम्भ गरेको छ ।
यसै बिच एक एक कार्यक्रम बिच मटिहानी नगरपालिका द्वारा संचालन गरिएको उक्त एकीकृत घुम्ती सेवा शिविरको आज मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) श्री हरि प्रसाद मण्डलज्यू र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री लालबाबु कवारीज्युले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।
आज माघ २३ गते देखि प्रारम्भ भएको सो सेवा पालिकाका ९ वटै वडाहरुमा क्रमशः सञ्चालन गरिनेछ ।
उक्त शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने छ।
नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यूको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका ससस्त्र प्रहरीका sp श्री विनोद केसीज्यु, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख श्री सुदीप अधिकारीज्यु, उप-प्रमुख श्रीमती मंजू देवी साह, वडा नं. १,२,३ र ९ का वड़ा अध्यक्षज्यूहरु, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वड़ा सदस्यहरु, वड़ा सचिवहरु लगायत स्थानीयहरुको उपस्थिति रहेका थिए ।
