आरजे इर्शाद
महोत्तरी, २७ माघ

महोत्तरी जिल्लाको सम्सि गाउँपालिका वडा न २ श्री राष्ट्रिय माध्यमिक विधालय पर्सा देवाडमा शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच तथा दर्ता भएका बालबालिकालाई झोला वितरण उद्घाटन कार्यक्रमको उद्घाटन समपन्न भएको छ ।
नेपाल सरकारद्वारा लागु गरिएको विद्यालय स्वास्थ्य तथा पोषण निर्देशिका २०७१ अनुसारको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ । यस सन्दर्भमा World vision International Nepal को साझेदार संस्था दलित समाज उत्थान समिति (DSWCN) नेपाल र एकीकृत ग्रामिण विकास समाज (IRDS) को आयोजनामा नेपाल सरकारको विद्यालय स्वास्थ्य तथा पोषण निर्देशिका २०७१ अनुसार विद्यालयका आधारभूत तहका विद्यार्थीहरुको शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच तथा दर्ता भएका बालबालिकालाई झोला वितरण कार्यक्रममा सम्सि गाउँपालिकाको श्री राष्ट्रिय माध्यमिक विधालय पर्सा, देवाड,श्री राष्ट्रिय आधारभुत विधालय, बैरगिया, लक्ष्मिनिया,श्री सार्वजनिक माध्यिमक विधालय,गैढा, भेटपुर, श्री जनता आधारभुत विधालय,गैढा,भेटपुर,श्री बलिराम माध्यमिक विधालय,पोखरभिन्डा,श्री राष्ट्रिय आधारभुत विधालय,संग्रामपुर र श्री जनता माध्यमिक विधालय,सम्सिको १८ जना शिक्षक अघिल्लो र यस वर्ष प्रशिक्षक प्रशिक्षण (TOT) लिएका स्वास्थ्य सम्पर्क शिक्षक(Health Focal Teacher) लाई परिचालन गरि शिविर सचालन भइरहेको छ ।

दलित समाज उत्थान समिति नेपालले ४२ जना Casual Staff लाई दक्ष बनाएर शिविरमा परिचालन गरिरहेको छ ।
World vision International nepal र दलित समाज उत्थान समिति (DSWCN) को साझेदारीमा सम्सि गाउँपालिकामा संचालित Protection- Community Engagement and child sponsorship Program अन्तर्गत कार्यरत Field mobilizer हरुको नेतृत्वमा शिविर संचालन भईरहेको साथै बाल स्पोन्सरशिप कार्यक्रम अन्तर्गत सम्सि गाउँपालिकामा दर्ता भएका बालबालिकाहरु वडा न १ को ५१४, वडा न २ को १००८, वडा न ३ को ४८०, वडा न ४ को २६१, वडा न ५ को ८८८, वडा न ६ को ५०९ र वडा न ७ को ३६१ गरी जम्मा ४०२१ जनालाई DSWCN ले ब्याग वितरण समेत गरिरहेको छ ।
शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच तथा दर्ता भएका बालबालिकालाई झोला वितरण कार्यक्रम सम्सि गाउँपालिकाको १ देखि ७ नम्वर वडाहरुमा २०८१ माघ २७, २८, २९ र ३० गते सम्म संचालन गरिने छ ।

उदघाटन कार्यक्रमको अध्यक्षता दलित समाज उत्थान समिति नेपाल (DSWCN ) को सचिव अजय पासमानले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा सम्सि गाउँपालिकाको अध्यक्ष रामनाथ यादव विशेष अतिथि दलित समाज उत्थान समिति नेपाल (DSWCN ) को संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक सुनिल ठाकुर त्यस्तै अतिथिको रुपमा IRDS को Program Manager कुमार भण्डारी, वडा न १ को वडा अध्यक्ष विपिन यादव, वडा न २ को वडा अध्यक्ष शेख अन्जारे, राष्ट्रिय माध्यमिक विधालय, पर्सा, देवाडको प्रधान अध्यापक रामबाबु यादव,स्वास्थ्य चौकि प्रमुखहरु,शिक्षकशिक्षिकाहरु,पत्रकार तथा अभिभावकहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा मेयर यादवले आफ्नो मन्तव्य राख्दै हाम्रो पलिकामा रहेका सम्पुर्ण मदर्सामा पनि यस्तो खालको कार्यक्रम भए अझै धेरै राम्रो हुनेथियो भनी अपेक्षा गर्दछु।

साथै (DSWCN ) को संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक ठाकुरले प्रस्ताव राख्दै यस कार्यक्रममा पालिका अध्यक्ष उपस्थित भइ कार्यक्रमको सोभा बढाइदिनु भएकोमा अभार प्रकट गरेका थिए र हाम्रो तर्फ बाट हुने सहकार्य सदैब हुनेछ।
कार्यक्रमको उदेश्य IRDS को Nutrition Field Officer राजिव कुमार झाले प्रष्ट पार्नु भएको थियो । World vision International Nepal र दलित समाज उत्थान समिति (DSWCN) को साझेदारीमा संचालित Protection Community Engagement and Child Sponsorship Program को कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले ५ हजार भन्दा बढी बालबालिकाहरुको स्वास्थ परिक्षण गर्ने योजना रहेको छ भन्ने जानकारी दिनुभयो ।
