जलेश्वरटुडे समाचारदाता
ढल्केबर, २९ माघ
नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा धनुषाको ढल्केबरमा मधेसी विभिन्न पार्टीहरुसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरुमा छलफल गरिएको छ । नेपाल सद्भावना पार्टीको तर्फबाट राष्ट्रिय अध्यक्ष रामकुमार महतो,उपाध्यक्ष अमरेन्द्र कुमार झा तथा महासचिव पवन कुमार साहको उपस्थिति रहेको थियो । त्यसैगरी नेपाल संघिय समाजबादी पार्टीको अध्यक्ष रिजवान अन्सारी,पूर्व प्रदेश गृह,सञ्चार तथा कानून मन्त्री बिमला अंसारी,नेपाली जनता दलको अध्यक्ष हरिचरण साह,इतिहासिक जनता पार्टीको अध्यक्ष बद्री नारायण ठाकुर,बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवान,जन अधिकार पार्टी नेपालको अध्यक्ष ईमदाद गद्दी,राष्ट्रिय मुक्ति पार्टीको के.सदस्य संजय सिंह,नेपाली जनता दल,स्वाधिन मधेस अभियानी लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्काे बृहत बैठक बस्ने निर्णय गरेका थिए ।

