
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ फागुन
मधेस प्याब्सनको ९ औं वार्षिकोत्सवको अवसरमा आयोजित क्रिकेट टुर्नामेन्ट अन्तर्गत शनिवार विहानको खेलमा एन्जल्स तथा दिउसोको खेलमा गैलेक्सी विजयी भएको छ ।
विहानको खेलमा एन्जल्स से.स्कुलले गोदाबरीसँगको खेलमा टस जिती ब्याटींग लिएको थियोे । एन्जल्स से.स्कुलले १ सय ६६ रनको लक्ष्य दिएको थियो । यस पछ्याउदै गोदाबरी से.स्कुलले १ सय रन मात्र बनाउन सफल भएको थियो । यसरी एन्जल्स से.स्कुलले ६६ रनले जिती फाइनलमा जान सफल भएका थिए । त्यसैगरी दिउँसोको खेलमा सरस्वती विद्यापिठ ई.बो.स्कुलले टस जिती बौलिंग रोजेका थिए भने गैलेक्सी से.स्कुलले २ सय ५६ को विशाल लक्ष्य खडा गरेका थिए । सोको पछ्याउदै सरस्वती विद्यापिठले २ सय ११ रन बनाई ४६ रनले पराजित भएका थिए । दुबै विद्यालयका खेलाडीहरु वीच खेल रोमाञ्चक देखिएको थियो । सोमबार एन्जल्स र गैलेक्सीले फाइनल खेल खेली यो क्रिकेट टुर्नामेन्टको कप विजेताले चुम्ने छन् । यसको प्रतिक्षा सबै मधेस प्याब्सनका सदस्य विद्यालयहरुलाई रहेको मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झाले बताए ।