
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ चैत्र
मिथिला माध्यमिकि १५ दिने परिक्रमालाई जलेश्वर न.पा.वडा नं. ४ मा पर्ने सुगाभवानीपट्टीले पनि अन्य वर्ष झै यस वर्ष पनि विभिन्न कार्यक्रमहरु गरी डोला तथा भक्तजनहरुलाई स्वागत गर्ने भएको छ ।
जलेश्वर न.पा.वडा नं. ४ सुगाभवानीपट्टीमा बुधबार वडा कार्यालयको सहयोगमा स्वास्थ्य शिविर,दाउरा बितरण,डोला स्वागत कार्यक्रम र पूर्व सरसफाई कार्यक्रम समेत गरिने अध्यक्ष लोकेन्द्र लाल कर्णले जानकारी गराउनुभयो । श्री मिथिला बिहारी राज रतन सेवा आश्रमले प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौ भक्तजन तथा श्रद्धालुहरुलाई निःशुल्क भोजन गराउने समेत अध्यक्ष कर्णले जानकारी गराउनुभयो । यस अवसरमा सुगा सम्पूर्ण गाउँबासीलाई मिथिला बिहारी र श्री किशोरीको डोलाको अगुवाई र स्वागत गर्न तथा तिर्थालु भक्तजन तथा बाबाहरुलाई अतिथि सत्कार गरिदिनुहुन अध्यक्ष कर्णले आग्रह समेत गर्नुभयो ।