विद्यार्थीहरुलाई खेलप्रतिको भावना विकास गराउन मधेस प्याब्सनले ऐतिहासिक कदम चालेको होः अध्यक्ष झा – Jaleshwortoday

विद्यार्थीहरुलाई खेलप्रतिको भावना विकास गराउन मधेस प्याब्सनले ऐतिहासिक कदम चालेको होः अध्यक्ष झा

 ७ फाल्गुन २०८१, बुधबार ००:४०  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ फागुन

मधेस प्याब्सनको ९ औं वार्षिकोत्सवको अवसरमा संचालित क्रिकेट टुर्नामेन्टको ग्राण्ड फिनालेमा सहभागी ग्यालेक्सी र एन्जल्स वीचको महासंग्राम खेलको सम्बोधन गर्दै मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले विद्यार्थीहरुलाई खेलप्रतिको भावना कुण्ठीत नगरी सोको विकास गराउन मधेस प्याब्सनले यो ऐतिहासिक कदम चालेको बताउनु भएको छ ।
यस क्रिकेट टुर्नामेन्टमा शिखरसगरमाथा से.स्कुल,ग्यालेक्सी हायर से.स्कुल,ग्रीनउड एकेडेमी,ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल,गोदाबरी से.स्कुल,एन्जल्स से.स्कुल र सरस्वती विद्यापिठ ई.बो.स्कुलले सहभागीता जनाई आजको महासंग्रामलाई अन्तिम रुपमा दिनमा सहयोग गरेका थिए । एन्जल्स से.स्कुलले शुुरुमा शुरुमा व्याटिंग गरी १ सय १८ रन बनाएका थिए भने ग्यालेक्सी हायर से.स्कुल १ सय रन बनाई १५ ओभरमै अलआउट भएका थिए । एन्जल्स से.स्कुलले १८ रनले जित हासिल गरी पहिलो विजेता घोषित भएका थिए भने दोस्रो विजेताको उपाधि ग्यालेक्सी हायर से.स्कुलले हात पारेका थिए । बाह्रबिघाको ऐतिहासिक खेल मैदानमा शुरु भएको खेलको अन्त्य पनि सोही मैदानमा भएको हो । मधेस प्याब्सनको आयोजनामा शुरु भएको खेलको ग्राण्ड फिनाले खेल हेर्न मधेस प्याब्सनको केन्द्रीय सचिव प्रा.पवन कुमार साह,केन्द्रीय कोषाध्यक्ष अभिनाश प्रताप सिंह,केन्द्रीय सल्लाहकार भोला मिश्र, प्रदेश संयोजक मुरारी लाल कर्ण र जिल्ला अध्यक्ष सुजित मिश्रको उपस्थिति रहेको थियो । ग्राण्ड फिनाले खेलको लाइभ राष्ट्रिय मिडिया आवाजले गरेका थिए भने मिडिया पार्टनरको भूमिका खेलभरी जलेश्वरटुडे राष्ट्रिय दैनिक र अनलाइनले गरेका थिए । मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष झाले क्रिकेट टुर्नामेन्ट सफलता साथ समपन्न गर्न गराउनमा सहयोग गर्न हुने सबै सदस्य विद्यालय,विद्यार्थी,खेलप्रेमी तथा पत्रकारहरु प्रति आभार प्रकट गर्नुका साथै यो खेल प्रत्येक साल गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।