
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ चैत्र
जलेश्वर न.पा. वडा नं. ४ को सुगाभवानीपट्टी स्वास्थ्य चौकीमा कार्यरत का.स.कामेश्वर महतोलाई सोमबार स्वास्थ्य चौकी कर्मचारी परिवार र वडा कार्यालयले सम्मानका साथ बिदाई गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा आफ्नो योगदान तथा जिवन विताउन पाउदा आफूलाई ज्यादै नै गर्व भएको का.स. महतोले बताउनुभयो । त्यसैगरी वहाँले स्वास्थ्य चौकीमा कार्य गर्दा वडा कार्यालयलाई समेत असाध्यै सहयोग भएको वडाध्यक्ष लोकेन्द्र लाल कर्णले सम्मानका शब्दहरु साझा गर्नुभयो । त्यसैगरी नियमित तथा समयमै आएर स्वास्थ्य चौकी संचालन तथा रेखदेखमा का.स. महतोले योगदान दिएको र वहाँको कमी सम्पूर्ण कर्मचारीहरुलाई हुने महिला कर्मचारीहरुले पोख्नुभयो। वहाँलाई फुल,माला,अबिर लगाई सम्मान गर्नुका साथै कर्मचारी परिवार र वडा परिवारबाट कपडा दिएर बिदाई गरिएको थियो । वहाँको स्थायी निवास स्थान सुगाभवानीपट्टी नै हो ।