जलेश्वर न.पा.ले परिक्रमा व्यवस्थापनमा अग्रसर हुन जरुरी – Jaleshwortoday

जलेश्वर न.पा.ले परिक्रमा व्यवस्थापनमा अग्रसर हुन जरुरी

 ३ चैत्र २०७७, मंगलवार ०९:५९  
editorial

मिथिला माध्यमिकि १५ दिने परिक्रमा धनुषाको हनुमाननगर गढीबाट शुरु भई मंगलबार मटिहानीमा बिश्राम गरी बुधबार जलेश्वर आईपुग्ने भएको छ ।
यता विभिन्न संघ संस्थाहरु लगायत समाजसेवी तथा बुद्धिजिवीहरुको परिक्रमा स्वागत गर्न चहलपहल तथा आवश्यक पहल देखिए पनि जलेश्वर नगरपालिको चहलपहल नदेखिएको कारण नगरबासीमा आक्रोस देखिएको छ । वास्तवमा वर्षमा एक चोटि साधुसन्त तथा मिथिला धरोहर ऐतिहासिक मेला व्यवस्थापनमा पालिका नै पछि पर्नु र आलोचित हुनु स्वभाविक देखिन्छ । तर जिम्मेबारीदेखि स्थानिय निकायले भाग्नु उचित होइन । नगरको अभिभावकले नगरलाई व्यवस्थित र गौरबाञ्चित बनाउनु परम धर्म हो । सिंघ दरबारकै मालिक स्थानिय निकाय भएपछि सबै कुरा व्यवस्थापन गर्ने सबै संसाधन चलाउने अधिकार समपन्न निकाय भएको कारण गर्न चाहे अहिले पनि ढीलो भएको छैन । बाटोघाटो व्यवस्थापन देखि परिक्रमा स्वागतमा विभिन्न स्थानिय संघसंगठनसँग हाथेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको देखिन्छ । यतिबेला नगर विशेष सरसफाईमा समेत विशेष ध्यान दिनु आवश्यक देखिन्छ । नगरबाट समेत परिक्रमालाई प्रदान हुने सामाग्रीहरुबारे जानकारी सम्बन्धीत निकायलाई गराउन जरुरी देखिन्छ ।