आरजे इर्साद शेख
महोत्तरी, १६ फागुन
एकडारा र सम्सि गाउँपालिकामा संचालित Protection- Community Engagement Child sponsorship program अन्तरगत Improve Reporting and Referral Mechanism and provide timely support to the needy children (समस्यामा परेका बालबालिकाकाहरुलाई समयमै सहयोग उपलब्ध गराउन रिर्पाेटिङ्ग र रेफरल संयन्त्रलाई प्रभावकारी, व्यवस्थित बनाउने उदेश्यले प्रादेशिक अस्पताल, जलेश्वर, महोत्तरी अन्तर्गत रहेको One-Stop Crisis Management Centre (OCMC) लाई सामाग्रि हस्तान्तरण कार्यक्रम अन्तरगत रेफ्रिजेटर २३० लि. – १ वटा ३२” इन्च LED Smart TV– १ वटा हस्तान्तरण गरेको छ । संगै कार्यक्रममा बालबालिकाको सवालमा न्युनिकरण गर्न अन्तरक्रिया छलफल समेत भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य डा. कृष्णा पंजियारले राख्नु भएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अस्पतालकि अध्यक्ष मिनु झाले दलित समाज उत्थान समिति नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपाललाई धन्यवाद दिदै तपाइहरुले जुन सामग्री हामिलाई हस्तान्तरण गर्दै हुनुहुन्छ त्यो हाम्रो जन्तालाई प्रत्यक्ष लाभ दिने खालका सामग्रीहरु हुन, र हामिले OCMC बाट सेवा दिने जब सम्म केश आउँछ र पत्र आउदैन तब सम्म हामी छुने पनि होइन किनभनेकी त्यो केश सिधै अदालत संग हुन्छ केश के छ हामी सहि सत्य बुझेर कसैको पक्षमा होइनकी वास्तविक कुरा नेपाल प्रहरी, सिडिओ कार्यालय र अदालत संग समन्वय गरि जे कुरा हुन्छ त्यो लिखित तथा मौखिक दुबै दिन्छौ हाम्रो जिल्लामा दुई (२) ओटा OCMC रहेकोछ हामी भरपर्दो सेवा प्रदान गरिरहेकाछौ साथै कुनै केश छ भने च्यानल मार्फत भन्नू होला भनी प्रहरिलाई अनुरोध गरिन ।
कार्यक्रममा अध्यक्षता दलित समाज उत्थान समिति नेपाल अध्यक्षका अध्यक्षले गर्नुभएको थियो भने प्रमुख अतिथि : प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष मिनु झा, बिशिस्ट अतिथिका रुपमा एकडारा गाउँपालिका अध्यक्ष दिप नारायण मण्डल, वल्ड भिजन ईन्टरनेशनल नेपाल जिल्ला संयोजक दिलिप यादव, दलित समाज उत्थान समिति नेपाल Program Advisor पुनित कुमार चौधरी, एकडारा गाउँपालिका IT तथा बाल कल्याण अधिकारी शिवेन्द्र ठाकुर, प्रादेशिक अस्पताल, महोतरीको निमित कार्यालय प्रमुख डा. विकास कुमार शाह, OCMC – इन्चार्ज – रिक्कु शाह, जिल्ला स्वास्थ्य कार्यालय, महोतरीको Nutrition Officer प्रतिभा सिंह, प्रादेशिक अस्पताल कर्मचारीहरु, जिल्ला प्रहरी कार्यालय, महोतरीको प्र.स.नि. पंकज कुमार सिंह, प्र.व.ह. हरि नारायण बैठा, प्र.स.ह. संदिप कुमार पत्रकारहरु सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदेश्य वल्ड भिजन ईन्टरनेशनल नेपाल जिल्ला संयोजक दिलिप यादवले प्रष्ट पार्नुभव्को थियो साथै कार्यक्रमको सम्पुर्ण जानकारी कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले गराउनु भएको थियो ।

