जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ चैत्र
एनआईआरएन राष्ट्रिय अन्तरधार्मिक संजालद्वारा आयोजित बाल विवाह अन्त्यको लागि सामाजिक अभियन्ता,धार्मिक अगुवा तथा स्थानिय सरकार वीच संवाद विषयक कार्यक्रममा बाल विवाह मुस्लिम समुदायमा विशेष रुपमा प्रश्रय पाएको प्रदेश सभा सांसद रानी शर्माले बताउनुभएको छ । तुलनात्मक रुपमा शिक्षाको कमिको कारण बाल विवाह मुस्लिम समुदाय ह्वातै बढेको बताउनुभयो । त्यसैगरी नेपाली काँग्रेसको नेता बजरंग नेपालीले पनि मनोक्रान्ति विना समाज परिवर्तन गर्न नसकिने भएकोले बाल विवाह जस्ता समाजिक कुरिति हटाउन बैचारिक तथा व्यवहारिक परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।
त्यसैगरी बाल विवाह अन्त्यको लागि धर्मगुरुहरुको भूमिका विषयमा महोत्तरी संजालको सदस्य पवन कुमार साहले प्रकाश पार्नुभयो । संजालको कार्यक्रम अधिकृत आशिष चौधरीले कार्यक्रमको संचालन तथा सहजीकरण गर्नुभयो । महोत्तरी संजालको अध्यक्ष हरिनारायण झाले कार्यक्रमको स्वागत मन्तब्य राख्नुभयो ।प्रा. ताराकान्त झा,राजेश्वर ठाकुर,साकिब खान,अबदुल अजिज र समिम अंसारीले बालविवाह अन्त्यको लागि विचारहरु राख्नुभयो । कार्यक्रममा संजालको राष्ट्रिय कोषाध्यक्ष अरमान हासमीले बालविवाह अन्त्यको लागि धर्मगुरुहरुले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताउनुभयो । बालविवाह अन्त्यको लागि मुस्लिम समुदायका धर्मगुरु तथा मौलानाहरुले विशेष रुपमा ध्यान दिनुपर्ने वडाध्यक्ष रेजान अंसारीले बताउनुभयो । कार्यक्रममा स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कुँवर कान्त झा लगायत बुद्धिजिवी ,स्थानिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन राष्ट्रिय कोषाध्यक्ष अरमान हासमीले गर्नुभएको थियो ।