जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ फागुन
जिएसएमए मोबाइल फर डेभ्लपमेन्ट र इसेवा लिमिटेडको सहकार्यमा एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
अन्जनी स्वीट्स,जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा इसेवाको तर्फबाट डिजिटल फाइनान्सीयल लिटरेसी ईन्भेष्टमेन्ट तथा फ्रडबाट बच्ने तरिकाको बारेमा जानकारी अभिकर्ताहरुलाई जानकारी गराइएको थियो भने जिएसएमएको तर्फबाट अधिकारिक प्रतिनिधि दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपबाट कसरी बच्ने र त्यसमा इसेवा एजेन्ट्सको भूमिका कस्तो रहन्छ भन्ने कुराको जानकारी इसेवाको एजेन्टलाई जानकारी दिनु भयो ।
इसेवाले विभिन्न माध्यम मार्फत मधेस प्रदेशमा कार्यक्रमहरु संचालन गर्दै आएको र भोलिको दिनहरुमा पनि जनता माझ अझ शसक्त रुपमा लैजान जनकपुर शाखा सदैब तत्पर रहेको र आफ्नो टिम त्यही अनुसार अघि बढीरहेको भन्ने कुराको जानकारी इसेवा जनकपुर प्रमुख सुदर्शन दाहालले बताउनुभयो ।
