जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ चैत्र
महोत्तरीको बर्दिबासमा शुक्रबारदेखि शुरु भएको पिछडावर्ग ओबिसि महासभाको प्रदेश महाधिवेशनको खुल्ला सत्रको उद्घाटन गर्दै प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले नेपालमा ९७ प्रतिशत पिछडावर्ग भएपनि संघिय सरकारले यिनीहरुलाई बेवास्ता गरेको बताउनु भएको छ ।
कार्यक्रमको पुर्वाधमा विहान बर्दिवास नगर सरसफाई कार्यक्रम ओविसि जिल्ला तथा केन्द्रिय कार्यसमितिको पहलमा र स्थानिय विद्यार्थीहरुको सहभागितामा समपन्न भएको थियो । साथै सरसफाईमा सहभागिहरुलाई ओविसि लेखिएको भेस्ट समेत निःशुल्क बाँडिएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथि राज्यमन्त्री सरोज सिंह कुशवाहा,विशिष्ट अतिथि ओबिसि राष्ट्रिय अध्यक्ष राम कुमार महतो,मगही भाषा फाउण्डेशनको अध्यक्ष वीर बहादुर महतो र ओबिसि प्रदेश नि.व.अध्यक्ष रामपृत यादवले अध्यक्षता ग्रहण गर्नुभएको थियो ।
कार्यक्रमको शुरुवात प्रमुख अतिथि लगायत मञ्चमा आसिन सम्पूर्ण विशिष्ट अतिथि र अतिथिहरुले समग्र्रमा पानसमा राखिएको दीप प्रज्जवलन गरि गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य ओविसि के.पदाधिकारी ललिता देवि,शशि महतो,पवन कुमार साह लगायत सम्पूर्ण पदाधिकारीहरुले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको विच विचमा मगही सांस्कृतिक संगठनको नृत्य तथा गजल र कविताको प्रस्तुतिले कार्यक्रममा चार चाँद थपिएको थियो ।
साथै रोल मेडिया बर्दिवासको नृत्य कलाकार मशेसको मोडेल पुजा विश्वकर्मा र मगरको नृत्य प्रस्तुतिले कार्यक्रममा सहभागिहरुले मनोरञ्जन प्राप्त गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरुले ओविसि पदाधिकारीहरुाई धैर्यता,संगठित र सभ्य तरिकाले अगाडि बढनुपर्ने बताउनु भएको थियो ।
महाधिवेशनको सफलता तथा राम्रो प्रदेश पदाधिकारीहरको चयन होस् भनि कामना समेत गरिएको थियो ।
प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि र केन्द्रिय पदाधिकारी लगायत अन्य सहभागिहरुलाई समेत मायाको चिनो,माला तथा टिकाले सम्मान गरिएको थियो ।
महाधिवेशनको बन्द सत्र शनिवार हुने ओविसि जिल्ला अध्यक्ष प्रमेश्वर महतोले बताउनुभयो । कार्यक्रम बर्दिबासको माँ पञ्चधुरा गेस्ट हाउसमा समपन्न भएको थियो ।