आरजे ईर्शाद शेख
महोत्तरी, २४ फागुन
एकडारा गाउँपालिका अन्तर्गत वडा ५ गेना बथनाहामा संचालित तथा द जनकपुर लायन्स युथ क्लबद्वारा आयोजित मेयर कप टी—२० क्रीकेट प्रतियोगिताको महामुकावला खेल फाल्गुन १९ गते सोमबार देखि सुरु भएको प्रतियोगिता आज समपन्न भएको छ ।
पालिका अन्तर्गतका ६ ओटै वडाका टिमलाई सहभागी गराइएको थियो । प्रतियोगितामा कुल १२ ओटा खेल भएको थियो । जस अन्तर्गत आज भएको वडा नम्बर ४ र वडा नम्बर ५ बिच भएको महामुकाबला उपाधि कब्जा खेलको फाइनल अन्तिम खेलमा वडा नम्बर ४ लाई वडा नम्बर ५ ले १० बिकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा कब्जा गरेका छन ।
वडा नम्बर ५ का कप्तान टस जितेर पहिलो क्षेत्ररक्षण गर्ने निर्णय लिई बिपक्षी टिमलाई ब्याटिङको लागि आमन्त्रण गरेका थिए । पहिलो ब्याटिङ गर्दै वडा नम्बर ४ ले १४.५ ओभरमा १० बिकेटको क्षतिमा ७२ रनको सानो लक्ष्य दिएका थिए । वडा ४ को कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेका थिएन । लक्ष्य पछ्याउँदै वडा ५ का सलामी बल्लेबाज गणेश चौधरी र सगिर अन्सारीको जोडिले ५.१ ओभरमा ७५ रन बनाएर आफ्नो टिमलाई बिजयी बनाएका थिए । गणेशले २९ र सगिरले ४७ रन बनाएका थिए । प्रतियोगितामा सर्वाधिक १८१ रन बनाएका सुशील कुमार उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार पाएका थिए त्यस्तै ५ खेलमा सर्वाधिक १४ विकेट लिएका नजिरुल अन्सारी उत्कृष्ट बलरको पुरस्कार पाए भने प्रतियोगिताका मेन अफ द सिरिज उत्कृष्ट खेलाडी गणेश भएका थिए उनले ५ खेलमा १ सय १ रन र ९ विकेट लिएका थिए । प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी लाल बाबू कवारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, गाउँपालिका अध्यक्ष दिप नारायण मण्डल, उपाध्यक्ष महजबि खातुन, सम्पुर्ण वडाध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवीहरु, पालिका अन्तर्गतका कर्मचारीहरु, सुरक्षाकर्मिहरु,पत्रकारहरु, स्थानियहरुको उपस्थिति रहेको थियो । खेल समापन पश्चात् अध्यक्ष मण्डलले आजको खेल अत्यन्तै शान्तिपूर्ण तथा मैत्रीपुर्ण भयो । अब अगामी आयोजना हुने खेल अझै उत्कृष्ट ढंगले हुनेछ र प्रतियोगिताबाट धेरै नै सकारात्मक कुरा लिन सकिन्छ साथै राम्रो खेलाडिलाई छनौट गरि अगाडि तर्फ अग्रसर गर्न सकिन्छ र जिल्ला स्तरिय,राष्ट्रियस्तर तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सहज हुने देखिएको छ भनी बिचार राख्नुभयो । प्रतियोगितामा आमन्त्रित प्रमुख जिल्ला अधिकारी कवारिले रेडियो अप्पन मिथिलाका आरजे इर्सादलाई सम्पुर्ण खेलमा आफ्नो कला प्रस्तुत गर्दै कमेन्ट्री गरि खेलमा रोमाञ्च बढाउनु भएको तथा उद्घोषण समेत गर्नुभएकामा शेख राम्रो कला भएको ब्यक्तित्व हुनुहुन्छ भनी प्रशंसा गर्नु भयो ।

