जनकपुरमा गीता हेल्थ केयर – Jaleshwortoday

जनकपुरमा गीता हेल्थ केयर

 March 11, 2025  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २७ फागुण

जनकपुरधाममा स्वास्थ्य क्षेत्रमा एक नयाँ आयाम थपिएको छ । प्रादेशिक अस्पताल जनकपुरधामदेखि पश्चिम रामानन्द चोक जानेबाटोमा गीता हेल्थ केयर मंगलबारदेखि संचालनमा आएको छ ।

स्तरीय उपचारको अभाव खड्किएको बेला विशेषज्ञ डाक्टरहरुले संयुक्त रुपमा गीता हेल्थ केयर संचालनमा ल्याएका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधाममा समेत कार्यरत्त स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. कृतिका झा, न्युरोसर्जन डा. विजयकुमार राउत, मधुमेह, थाइराइड, रक्तचाप, गठिया, दम, मुटुरोग विशेषज्ञ डा. अविनाश झा (अप्पु) लगायतका चिकित्सकहरुले सेवा दिने भएका छन् ।

अघिल्लो समय जनकपुरधामका निजी अस्पतालहरु आवश्यक पूर्वाधारसमेत व्यवस्थापन नगरी संचालनमा रहेका बेला बिरामीलाई विशेषज्ञ सेवा दिने उद्येश्यले गीता हेल्थ केयर संचालनमा ल्याएको डा. कृतिका झाले बताइन् ।

डा. झाका अनुसार बिहान ८ बजेदेखि साँझसम्म बिरामीको चेकजाँच गरिने भएको छ ।

स्तरीय सेवा प्रदान गर्ने ध्येयले आफूहरुले सामूहिक रुपमा हेल्थ केयर संचालनमा ल्याएको डा. झाले भनिन ।