
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ चैत्र
जनकपुरधाममा अवस्थित सेवाश्रम नेपालद्वारा आयोजित १७ औं पुरस्कार वितरण कार्यक्रम अन्तर्गत ९८ औं एपिसोडमा उपेन्द्र कुमार यादव प्रथम विजेता घोषणा भएको छ ।
दानीकान्त झाको अध्यक्षता तथा मधेस प्रदेश साँसद रामअशिष यादवको प्रमुख आतिथ्यमा समपन्न बक्तृत्वकला प्रतियोगितामा ६२ वटा रिचार्ज बराबरका सामानहरु पाएर उपेन्द्र कुमार यादव प्रथम,५८ वटा रिचार्ज बराबरको सामानहरु पाएर शिवम साह द्वितिय, ४८ वटा रिचार्ज बराबरको सामानहरु पाएर राहुल कुमार यादव तृतिय, २४ वटा रिचार्ज बराबरका सामानहरु पाएर उज्जवल जी उन्नति चतुर्थ भएका थिए भने सबैभन्दा कम उमेरको प्रतियोगि उत्कृष्टजी उपमाले ६ वटा रिचार्ज बराबरका सामानहरु प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी महिला प्रतियोगिहरुमा प्रमिला कुमारी यादवले सबैभन्दा बढी १६ वटा रिचार्जहरु बराबरका सामानहरु प्राप्त गरेका थिए । अन्य दर्जनौं सहभागिहरुले रिचार्ज बराबरका आकर्षक घरेलु सामानहरु जित्न सफल भएका थिए । २०८० साल फागुन १२ गतेदेखि २०८१ साल फागुन २४ गतेसम्म प्रथम स्थान अगोटन सफल भएको प्रतियोगि उपेन्द्र कुमार यादवले अहिलेसम्म जम्मा ४६४ रिचार्ज बराबरका सामानहरु प्राप्त गरिसकेका छन् भने अहिलेसम्म कुनै पनि एपिसोड र पुरस्कार वितरण कार्यक्रम नछुट्टाई यस कार्यक्रममा निरन्तर जोडिएका विजेता उपेन्द्र कुमार यादवले जलेश्वरटुडे डटकमलाई जानकारी गराउनुभयो ।