भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा फेरी लकडाउनको तयारी गर्ने कुरा भइरहेको बुझिएको छ ।
यता होलि महापर्व नजिकिरहेको बेलामा घरभित्रै होलि मनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन आइरहेको बखतमा सामान्य नेपाली जनतामा डर तथा चिन्ता बढनु स्वभाविक देखिन्छ । तर भय देखाएर कोरोना व्यवस्थापन गर्नु सान्दर्भिक देखिदैन । नेपाल सरकारले यसको विकल्पको रुपमा स्वास्थ्य तथा अर्थतन्त्र बचाएर कोरोनासँग लड्ने जुक्ति खोज्नु तथा विज्ञहरुले सुझाव दिनु सान्दर्भिक देखिन्छ ।
नेपालको सिमानाकाहरु करिब एक वर्षदेखि बन्दको अवस्था छ । करिब—करिब धेरै जसो जनताले कोरोना खोप लगाइसकेको अवस्था छ । बाँकी जनताको लागि खोपको तुरुन्त व्यवस्थापन गरेर खोप दिलाउने व्यवस्थापनमा जुट्नु आवश्यक रहेको देखिन्छ ।
अब लकडाउन नै गरेर कोरोनाको नियन्त्रण गर्न सकिने विकल्प खोज्नु सरोकारबालाको उचित कदम तथा सल्लाह हो जस्तो लाग्दैन । यसको समाधानको रुपमा सिमानाकालाई अझै चुस्त तथा कोरोना जाँचको क्याम्प लगाउनु जरुरी छ । सामान्य जनताको मास्क,दुरी व्यवस्थापन तथा सेनेटाइजरको प्रयोगमा निगरानी तथा अनिवार्यता गर्नु बेस हुने छ ।
अर्थतन्त्र तथा स्वास्थ्य दुबै बचाउने विचको बाटो रोज्नु नै सर्बाेत्तम बिकल्प हुने छ ।बिगतमा भएको सरकारी लापरबाही तथा स्वास्थ्य समाग्री अनुपलब्तालाई समयमै व्यवस्थापन गर्नु जरुरी छ ।
विदेशबाट आउने नेपाली तथा विदेशीहरुको कोरोना जाँच एयरपोर्टमै निगरानी गर्नुपर्छ । विभिन्न पालिकाहरु तथा आवश्यक ठाउँहरुमा क्वारेन्टाइन गृहको स्वास्थ्यकर तथा राम्र्रो यथेष्ट व्यवस्थापनमा जुटनु नै कोरोनाबाट लड्ने भयरहित बिकल्प हुनेछ।