महोत्तरीको जलेश्वरमा दिनदहाडै लाखौंको चोरी – Jaleshwortoday

महोत्तरीको जलेश्वरमा दिनदहाडै लाखौंको चोरी

 ४ चैत्र २०८१, मंगलवार २३:२५  
1

आरजे इर्शाद
महोत्तरी, ५ चैत्र

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ स्थित रहेको राम प्रताप साहको घरमा ४/५ बर्ष देखि भाडामा कोठा लिएर बस्दै आएकी सिमा मन्डलको कोठा बाट दिउँसो १/२ बजे बिचको समयमा लाखौं मूल्य बराबरको सुनको गरगहना तथा नगद रुपैया चोरी भएको छ ।
मन्डल आफ्नो ब्यक्तिगत तथा घरायसी कामको लागि नेपाल भारतको सिमानाका स्थित रहेको भिट्टामोड गएको बेला उनी बस्ने कोठाको ताल्चा फुटाइ कोठा भित्र रहेको कालो झोलामा राखेका सुनको विभिन्न प्रकारका गरहगहनाहरु ( सुनको हसुली, टीका, नथिया, झुमका, सिक्री, औँठी ) लगायत अन्दाजी १० (दस) तोला सुन र ६ हजार नेपाली रुपैया गरि अन्दाजि १५ (पन्ध्र) लाख मूल्य बराबरको चोरी भएकोछ । घटना स्थलमा प्रहरी वरिष्ठ नायब निरीक्षक प्रमानन्द यादव तथा मुचुल्का टोलि आइ प्रारम्भिक अनुसन्धान गरेका छन
घटनाको बारेमा एमालेका वरिष्ठ नेता राम आधार कापरले थाहा पाउने बितिकै घटना स्थलमा पुगि पिडित मन्डललाई सान्त्वना दिनुभयो साथै जिल्ला प्रहरी संग चाँडोभन्दा चाँडो चोर पत्ता लगाई कानुनको दायरामा ल्याई कार्बाही गर्न आग्रह समेत गरे ।

2