आज देखि एसइई परीक्षा सुरु – Jaleshwortoday

आज देखि एसइई परीक्षा सुरु

 ६ चैत्र २०८१, बिहीबार ०८:३५  
Untitled-1

आरजे इर्शाद शेख
महोत्तरी, ७ चैत्र

आज देखि माध्यामिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ ।
परीक्षा विहान ८ बजे देखि अधिराज्यभरी नै सुरु हुन लागेको हो ।
विहिवार पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेद विद्याङम तर्फ अनिवार्य संस्कृत रचना र मदरसा तर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भईरहेछ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना परीक्षार्थीहरु परीक्षामा सहभागी भएका छन् ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थीहरु सहभागी भएका थिए । यस वर्षको परीक्षामा परीक्षार्थीहरुको संख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जना सम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध मिलाइएको छ ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।