ज्ञान गंगाले स्पोर्टस विकमा सहभागी विद्यार्थीहरुलाई बाँडे पुरस्कार – Jaleshwortoday

ज्ञान गंगाले स्पोर्टस विकमा सहभागी विद्यार्थीहरुलाई बाँडे पुरस्कार

 March 21, 2025  
485310714_1197069242419560_5068923378021383725_n

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ चैत्र

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले स्पोर्टस विकमा सहभागि विद्यार्थीहरुलाई एक कार्यक्रम वीच पुरस्कारहरु बाँडेका छन् ।
स्पोर्टस विक अन्तर्गत २०८१ साल फागुन १८ गते आइतबारदेखि फागुन २३ गते शुक्रबारसम्म २१ वटा छुट्टाछुट्टै रमाइलो खेलहरु खेलाइएको थियो । ती खेलहरुमा प्रथम,द्वितिय तथा तृतिय स्थान ल्याउन सफल विद्यार्थीहरुलाई संस्थापक तथा प्रधानाध्यापक प्रा.पवन कुमार साह,उपप्रधानाध्यापक सोनी साह तथा उपस्थित अभिभावकहरुले टीका लगाई क्रमशः गोल्डेन,सिलभर तथा ब्रोन्ज म्याडल प्रदान गरी विद्यार्थीहरुको मनोबल बढाउनु भएको थियो ।