
जलेश्वरटुडे समाचारदाता
धनुषा, १४ चैत्र
जनकपुरधामको वकिल टोलमा अवस्थित आर.डी.शिक्षा निकेतन विद्यालयको प्रागंणमा नेपाल प्याब्सन जिल्ला कार्यसमितिको विशेष आयोजनामा होलि मिलन तथा शुभकामना आदानप्र्रदान कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रममा अध्यक्षता नेपाल प्याब्सनको जिल्ला अध्यक्ष तथा आर.डी. शिक्षा निकेतनको संस्थापक प्रधानाध्यापक विनोद यादवले गर्नुुभएको थियो भने कार्यक्रम संचालन जिल्ला सचिव मुरारी लाल कर्णले गर्नुभएको थियो । विशिष्ट अतिथिको रुपमा नेपाल प्याब्सनको बरिष्ठ सल्लाहकार,बौद्धिक पेशाकर्मी महासंघको धनुषा जिल्ला अध्यक्ष तथा पिटिए धनुषाको जिल्ला अध्यक्ष ब्रज किशोर यादव,अतिथिको रुपमा नेपाल प्याब्सनको नगर अध्यक्ष पंकज ठाकुर,नेपाल प्याब्सनको नगर सचिव पवन कुमार साह,नगर सहसचिव मो.कलिम राईन,नगर सदस्य संतोष यादव,नगर सदस्य राजाराम कुमार,नगर सदस्य अशोक कुमारलाई आसन ग्रहण गराईएको थियो । उपस्थित अतिथिहरुले मिथिलाको हर्षाेल्लासको महापर्व होलिको शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर सचिव तथा ज्ञान गंगा ई.पब्लिक स्कूलको संस्थापक प्रधानाध्यापक पवन कुमार साहले होलिको शुभकामना दिनुको साथै कोरोना समयमा विद्यालय संचालनको चुनौतिहरुबारे तथा नेपाल प्याब्सनको संगठनात्मक विकासका बारेमा विचारहरु राख्नु भएको थियो । त्यसैगरी नेपाल प्याब्सनको नगर अध्यक्ष तथा मिथिला बोर्डिंगको संस्थापक पंकज ठाकुरले होलिको शुभकामना दिनुको साथै कोरोना कालमा सजग भएर होलि मनाउन आग्रह गर्नुभयो । विगतमा भएको संगठनात्मक योजनाहरुको आउने दिनमा शिघ्र सक्रियताका साथ लागु गर्ने तथा नेपाल प्याब्सनको संगठनात्मक विकासमा अझै सक्रिय भई काम गर्ने विश्वास समेत दिलाउनु भयो । त्यसैगरी नेपाल प्याब्सनको बरिष्ठ सल्लाहकार ब्रज किशोर यादवले नेपाल प्याब्सनका सम्पूर्ण पदाधिकारीहरुलाई होलिको मंगलमय शुभकामना दिनुको साथै संस्थागत विकास तथा पदाधिकारीहरुको व्यक्तिगत विकासको आवश्यकता रहेको बताउनुुभयो । वहाँले नेपाल प्याब्सनले शिघ्र जिल्ला अधिवेशन गरेर नयाँ कार्यदिशा तय गर्न समेत सल्लाह दिनुभयो । वहाँले अहिले राजनैतिक परिवेश र कोरोनाको डर त्रासको विचमा संतुलित भएर परिस्थिति अनुसार कार्ययोजना बनाएर अगाडी बढन समेत बताउनुभयो । नेपाल प्याब्सनले विगतमा गरेको नमूना कार्यले पक्कै पनि शहरमा राम्रो छबि निर्माण गर्न सकेको परिवेशमा परिवेश हेरेर यस्तै सुधारमूलक आवश्यक कदम चाल्न समेत सुझाव दिनुभयो । त्यसैगरी कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएको आयोजक जिल्ला अध्यक्ष विनोद यादवले समेत होलिको शुभकामना दिनुका साथै सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । वहाँले नेपाल प्याब्सनको जिल्ला कार्यसमिति सक्रिय रुपमा अगाडी बढने समेत बाचा गर्नुभयो । वहाँले अगामी दिनमा शिघ्र नेपाल प्याब्सनको संगठन तथा सदस्य विस्तारको कार्य थाल्ने तथा जिल्ला अधिवेशन बैशाख भित्रै गराउने समेत बताउनुभयो । यसको लागि सबै नेपाल प्याब्सनका जिल्ला तथा नगर पदाधिकारीहरुलाई सहयोग गर्न समेत अपिल गर्नुभयो । कार्यक्रमको अन्त्यमा सबै जनाले एक अर्कालाई अबिर लगाएर होलि मनाएका थिए । जिल्ला सचिव मुरारी लाल कर्णले होलिको गीतहरु गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो भने नगर अध्यक्ष पंकज ठाकुरले समेत विभिन्न मनोरञ्जनात्मक गीतहरु पस्केर कार्यक्रममा चार चाँद लगाएका थिए । त्यसैगरी नगर सचिव पवन कुमार साहले शायरीहरु पस्केर कार्यक्रममा उत्साह थप्नुभएको थियो । समग्रमा कार्यक्रममा उपस्थित सबै जनाले आन्नद लिनुको साथै सबैले सामुहिक नृत्य गरेर कार्यक्रम मनाएका थिए । कार्यक्रममको सम्पूर्ण व्यवस्थापन आर.डि.शिक्षा निकेतनले गरेको थियो भने सबै पदाधिकारीहरुले आयोजकलाई यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिनुका साथै प्रशंसा गरेका थिए ।