आरजे इर्शाद शेख
महोत्तरी, १३ चैत्र
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा ओरेक (WOREC) को आयोजना UNFPA को आर्थिक सहयोग तथा जलेश्वर नगरपालिकाको समन्वयमा विपद् प्रतिकार्य र जलवायु परिवर्तन व्यवस्थापनमा महिला मानव अधिकार रक्षक सञ्जाल, महिलाहरूको नेतृत्वमा रहेका संस्थाहरू तथा सामुदायिक संस्थाहरूको महत्व उजागर गर्न सरकारी सरोकारवालासँग परामर्श बैठक महिला मानव अधिकार रक्षक संजाल, महिलाहरुको नेतृत्वमा रहेका संस्थाहरु र सामुदायिक संस्थाहरुको विपद प्रतिकार्य र जलवायु परिवर्तन अनुकुलनमा भूमिका विषयक अभिमुखीकारण कार्यक्रम, जलवायु न्याय, लैंगिक हिंसा (GBV), यौन तथा प्रजनन स्वास्थ्य (SRH) र लैंगिक समावेशिताका लागि पैरवी बैठक (Advocacy meeting) सम्पन्न भएकोछ ।

कार्यक्रममा स्थानीय बिपद ब्यबस्थापन समिती सदस्यहरु, महिला नेतृत्वका संस्थाहरु, महिला मानव अधिकार रक्षकहरु, स्थानिय स्तरका समुदायहरु संस्थाहरु र सरोकारबालाहरुलाई लक्षित गरिएको थियो ।

कार्यक्रममा ओरेक नेपाल मधेश प्रदेश संयोजक विणा सिंहले यो ३ (तीन) दिने बिपद प्रतिकार्य सम्बन्धि कार्यक्रममा मानवीय संकटका अवस्थामा महिलाको नेतृत्वलाई कसरी अभिवृद्धि गर्ने हो जसमा सबै कुरामा महिला माथी जोखिम हुन्छ । खास गरेर ज्येष्ठ नागरिक, बालबालिकाहरु, सिमान्तकृत तथा दलित समुदायहरु धेरै कुराहरुबाट बञ्चित रहेको हुन्छ त्यस्ता समुदायमा महिलाको आवाज र नेतृत्व पालिका स्तरिय तथा जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिमा अतिनै कम रहेको देखिन्छ बताउनुभयो ।

सन २००८ भदौ ८ गते पूर्वी नेपालमा कोशी बाढिले सुनसरीका तीन गाउँ विकास बगाएर ५० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको थियो।बाढी प्रभावित क्षेत्रको अनुगमनको दौरान एक महिलाले डुङ्गामा बच्चा जन्माएको र धेरै दिन सम्म केही खानेकुरा खान नपाएको अवस्था रहेको साथै चिसोवाट जोगाउन ७ दिनको शिशुलाई आफुले लगाइरहेको भिजेको सारिको छेउले ढाक्दै एउटा हातले बच्चा च्यापेर उम्भीरहेको देखेर ओरेकले कठिन परिस्थितिमा सुत्केरी र गर्भवती महिलाहरूको लागि राहत कार्यक्रम (माया, स्नेह सुत्केरी स्याहार यौन तथा प्रजनन् स्वास्थ्य बारे जानकारी र सेवा बलबालिकाको हेरचाह पौष्टीक आहार मर्यादित सामग्री आदिको सहयोग गरियो जुन अहिले स्नेह अभियानको रुपमा थालनी भएको छ ।

कार्यक्रमको अध्यक्षता जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले गर्नुभएको थियो भने बिशिस्ट अतिथिको रुपमा उप प्रमुख रौशन खातुन, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन सिंह ठकुरी, प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवार, अन्य संघ संस्थाका कर्मचारीहरु, पत्रकारहरु समेतको उपस्थिति रहेको थियो ।

