आरजे इर्शाद शेख
महोत्तरी, १६ चैत्र
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पत्रकारहरुद्वारा विरोध प्रदर्शन गरिएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. २ मा अवस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पदाधिारी तथा अन्य पत्रकारहरु भेला भई महासंघको उपाध्यक्ष अरबिन्द कुमार झा
(गोपाल झा) को नेतृत्वमा शान्तिपूर्ण विरोध र्याली निकालिएको थियो । शनिवार १५ गते काठमाडौंको तीनकुने स्थित रिपोर्टिङको सिलसिलामा नीजि घरमा जलेर एभिन्यूज टेलिभिजनमा क्यामरा म्यानका रुपमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएकोमा नेपाल पत्रकार महासंघ महोत्तरीले आफ्नो कार्यालयमा शोक सभा गरी प्ले कार्ड सहित राजाबादी विरुद्ध प्रदर्शन गरेका थिए । राजाबादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरेको दोषी माथि कार्वाही गर्न मांग गर्दै महोत्तरीको जलेश्वरमा पत्रकारहरुद्वारा बिरोध प्रदर्शन तथा शान्तिपुर्ण बिरोध ¥यालि निकालिएको थियो ।

