
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० चैत्र
पिछडावर्ग ओबिसि महासभाद्वारा शुक्रबार महोत्तरीको जलेश्वर जिल्ला प्रशासन कार्यालयको मूलद्वारमा बसि साप्ताहिक धर्ना कार्यक्रम गरिएको छ । यस अघि बिहिबार सिरहाको जिल्ला प्रशासन कार्यालयमा धर्ना बसि पिछडाबर्ग ओबिसि महासभाले साप्ताहिक धर्ना कार्यक्रमको शुरुवात गरेको थियो । शुक्रबार जलेश्वरमा प्रदेश अध्यक्ष प्रमेश्वर महतोको अध्यक्षतामा सो धर्ना कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय अध्यक्ष राम कुमार महतो,उपाध्यक्ष सुरेश यादव,महासचिव नथुनी महतो कुशवाहा,सहमहासचिव नागेन्द्र सिंह,सहकोषाध्यक्ष दिपलाल महतो,प्रदेश प्रतिनिधि सदस्य गजेन्द्र प्रसाद गुप्ता,सञ्चार संयोजक रविन्द्र यादव,केन्द्रिय सदस्य,शिक्षा विभाग प्रमुख तथा नागरिकता समस्या संघर्ष समिति सदस्य पवन कुमार साह लहेरी,केन्द्रिय सदस्य अन्जना ठाकुर,ललिता देवी,सक्रिय सदस्य बम शंकर साह,कामनी साह,गोविन्द साह,पुजनारायण साह,प्रमोद साह लगायत सयौं व्यक्तिहरुको सहभागिता रहेको थियो ।
महोत्तरी प्र.जि.अ. तिर्थराज भट्टराईलाई संयुक्त रुपमा राष्ट्रिय अध्यक्ष र प्र्रदेश अध्यक्षले आफ्ना माँगका बारेमा जानकारी गराएका थिए ।
वहाँले छिट्टै नागरिकता सम्बन्धी विधेयक पारित भएर आएरपछि कानुन सम्बत बंशज नागरिकता बाँड्ने बताउनुभयो ।
अन्त्यमा यता राष्ट्रिय अध्यक्ष ,प्रदेश अध्यक्ष र महासचिवले आफ्ना मन्तब्य तथा धर्ना बस्नुको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
धर्ना कार्यक्रम करिब २ घण्टा गरिएको थियो । यस किसिमको कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा गरिने बताइएको छ । आइतबार सर्लाहीको मलंगवामा धर्ना गरिने बताइएको छ ।