
अहिले देशभरी नै पत्रकार महासंघको चुनावी वातावरणको परिवेश देखिएको छ । सामाजिक सञ्जाल तथा अन्य संचार माध्यमहरुबाट पत्रकारहरुको उम्मेदबारीको प्रचारप्र्रसार जोरतोडले भएको देखिन्छ । पत्रकार महासंघको चुनावले पत्रकारीता जगतमा राज्य तथा समाजको पथप्रदर्शकको रुपमा सक्षम तथा दक्ष नेतृत्वकर्ताको चयन हुने जनमानसको विश्वास रहिआएको छ । पत्रकारीता आफैमा तटस्थ पेशा हो । यसमा राजनैतिक लगायत अन्य कुनै पनि रंगको गन्धको परिश्रय हुनु हुदैन । सक्षम व्यक्तिले यसमा सहभागिता पाउनुपर्छ । विभिन्न जिल्लाहरुमा पत्रकारहरु ले सदस्यता नपाए पछि चुनावमा भाग लिन नपाउँदा अर्काेतिर धान्धलिपूर्ण चुनाव भइरहेको अभिव्यक्ति पनि आएको अवस्था छ । चुनावबाट जो कोहि चयन भएर आएपनि पत्रकार महासंघले पत्रकार तथा पत्रकारीताको विकास,तालिम,प्रबद्र्धन,संरक्षण तथा यस क्षेत्रमा रहेको समस्याको निदानमा चिन्तन गर्नु परम धर्म रहेको हुँदा अन्य काममा लाग्नु मर्यादा विपरित काम भएको बुझिने छ । अहिलेसम्म केहि जिल्ला बाहेक धेरै जिल्लाहरुमा महासंघले सूचना प्रदान गर्ने सूचना गृहको रुपमा काम नगरी राजनैतिक अखाडा बनाई दोहोरो सेवा लिएको अवस्थालाई आउदा दिनहरुमा सच्याउनुपर्ने देखिन्छ । पत्रकार पत्रकारबाटै शोषित तथा बाइकट हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्छ आउदा दिनहरुमा । सहि नयाँ पत्रकार सदस्यता वितरणमा सरल प्रक्रियाको अवलम्बन भएको हुनुपर्छ । जटिल प्रक्रियाको जाल बुनेर सक्षम पत्रकारलाई निरुत्साहित गर्नु पत्रकार महासंघको अस्तित्व समाप्त हुने पक्का देखिन्छ । पत्रकार मात्रैको सहकार्य र विकासले महासंघको विकास हुने होइन । महासंघको समग्र्र विकासको लागि सञ्चार उद्यमीहरुसँगको चुनावमा सहभागीता,सहकार्य तथा सल्लाहको समेत समिश्रण हुनु आवश्यक रहेको देखिन्छ । किनभने पत्रकारलाई पत्रकारीता सिक्ने मौका,श्रमजिवि बनाउने मौका तथा दक्षता अभिबृद्धि गर्ने मौका प्रदान गर्ने स्रोत व्यक्तिको रुपमा सञ्चार उद्यमीहरु नै हुन् । सञ्चार उद्यमी बिनाको पत्रकारीता तथा पत्रकार महासंघको कुनै औचित्य नरहने देखिन्छ । महासंघमा जतिसुकै राजनैतिक हस्तक्षेप गर्ने प्रयास भएपनि यसलाई लत्याएर लोकतान्त्रिक तथा प्रजातान्त्रिक प्रक्रियाबाट अगाडी बढनु अहिलेको आवश्यकता रहेको देखिन्छ । चैत्र २५ गते हुने चुनावबाट असल र गुणस्तरीय पत्रकार छनौटको शुभकामना ।