जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ चैत्र
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको कमलेश मण्डलको नेतृत्वमा रहेकाे पुरा प्यानल नै विजयी भएको छ ।
महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि कमलेश मण्डल र महेशकुमार दास प्यानल सहित चुनावी मैदानमा रहेको मण्डल नेतृत्वको प्यानल नै विजयी भएका हुन् ।
नव निर्वाचित उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता), महिला उपाध्यक्षमा सुनिता कुमारी , कोषाध्यक्षमा अजय कुमार सिंह , सचिवमा राजकरण महतो , सहसचिवमा रामनारायण महतो र सहसचिव समावेशीमा संजित मण्डल रहेका छन्।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको महोत्तरी शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएपनि त्यस अगावै शतप्रतिशत मतदान भएको थियो । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ ।
महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डलले २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी महेशकुमार दासले १८ मत ल्याएका छन् ।
यसैगरी उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता) २२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी विक्रम राैनियारले १७ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा सुनिता कुमारीले २२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी दिपिका कुमारी साहले १७ मत ल्याएको निर्वाचन समितले जनाएको छ ।
सचिवमा राजकरण महतो २२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी रञ्जन भण्डारीले १९ मत ल्याएर हार व्यहोरेका छन् । यसैगरी सहसचिवमा रामनारायण महतो २१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राजिव रायले १९ मत ल्याएका छन् । सहसचिव समावेशीमा संजित मण्डल २२ मत ल्याएर विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्दी उपासना तिवारीले १९ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा अजय कुमार सिंहले १९ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी विवेकानन्द झाले १९ मत ल्याएका छन् ।
यस्तै मधेसी सदस्यमा अमृत कुमार महताे विजयी भएका छन् भने खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमा चाैधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रिय परिषद सदस्यमा गोपाल प्रसाद बराल विजयी भएका छन् ।
त्यसैगरी प्रदेश २ कार्यसमितिको मत परिणाम अनुसार महोत्तरीबाट प्रदेश अध्यक्ष जीतेन्द्र प्रसाद सिंह १, नवकिशोर यादव २० र
राजेश कुमार कर्ण २० मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष राजु विश्वकर्मा २५ र रामानन्द प्रसाद गुप्ता १४ , महिला उपाध्यक्ष ज्योति झा २५, मालाकुमारी कर्ण ९ र रेणुकुमारी चौधरी ६ , महासचिव अशोक कुमार तिवारी १५ , ध्रुव साह १६ र श्याम प्रसाद बञ्जारा ८ , सचिव खुल्लामा अजित कुमार सिंह २७ , आलोक पाण्डे ५ र कमल कुमार उपाध्याय ६ , समावेशी सचिव उपेन्द्र प्रसाद यावद १० , जीतलाल श्रेष्ठ १२ र भोला पासवान १६ , कोषाध्यक्षमा मनोज कुमार मिश्र २ , रमेश सुवेदी ३ , विश्वनाथ ठाकुर १३ र शैलेन्द्र कुमार महतोले २० मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्य खुला
अजयकुमार साह ३१
अनिल कुमार तिवारी १४
दिपक प्रसाद गौतम ५
बैजनाथ चौधरी २९
मनोज तिमील्सीना ८
महेश्वर अधिकारी १०
ललन कुमार साह १०
शैलेन्द्र झा १८
सन्तोष कुमार सिंह २१
त्रिलोकीनाथ यादव ७
सदस्य आदिवासी जनजाती
उदयकुमार दास थारु १८
रोयण्टर मण्डल २४
शंकर श्रेष्ठ १७
सदस्य मधेसी
धनवीर महतो २९
नवीन मिश्र २७
संजयकुमार राउत १२
सदस्य अल्पसंख्यक
ग्यासमिया देवान ६
हदिश खुद्दार ३०
सदस्य महिला
प्रतिभा झा २९
बरुणा यादव २०
लक्ष्मी खरेल १०
सुधा देव १६
सपना ढकाल १२
सरिता चौधरी २२
सदस्य दलित
कैलास दास १७
विरेन्द्र विश्वकर्मा ७
राम एकवाल महरा १३
मत प्राप्त गरेका छन् ।
पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गरेका छन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था थियो ।
स्रोत ः सिरिष न्यूज