जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० चैत्र
पिछडावर्ग ओबिसि महासभाद्वारा सोमबार धनुषाको जनकपुरधाम जिल्ला प्रशासन कार्यालयको मूलद्वारमा टेन्ट हालि साप्ताहिक धर्ना कार्यक्रम गरिएको छ ।
यस अघि गत बिहिबार सिरहाको जिल्ला प्रशासन कार्यालयमा धर्ना बसि पिछडाबर्ग ओबिसि महासभाले साप्ताहिक धर्ना कार्यक्रमको शुरुवात गरेको थियो । सोहि अनुसार प्रदेश नं.२ को ८ वटै जिल्ला अन्तर्गतको धनुषा जिल्लामा राष्ट्रिय अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा धर्ना तथा बिरोध प्र्रदर्शन कार्यक्रम समपन्न भयो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ईन्दु सिंह ,उपाध्यक्ष बिना कुशबाहा,उपाध्यक्ष सुरेश यादव,उपाध्यक्ष जंग बहादुर महतो,महासचिव नथुनी महतो
कुशवाहा,सहमहासचिव नागेन्द्र सिंह,सहकोषाध्यक्ष दिपलाल महतो,प्रदेश अध्यक्ष प्रमेश्वर महतो, प्र.उपाध्यक्ष तेज नारायण यादव,प्र.सहसचिव सियालाल महतो,प्र.कोषाध्यक्ष उर्मिला महतो,प्रदेश प्रतिनिधि सदस्य गजेन्द्र प्रसाद गुप्ता,सञ्चार संयोजक रविन्द्र यादव,केन्द्रिय सदस्य,शिक्षा विभाग प्रमुख तथा नागरिकता समस्या संघर्ष समिति सदस्य पवन कुमार साह लहेरी,केन्द्रिय सदस्य अन्जना ठाकुर,अतिथि सदस्यहरुमा श्री देवअंशी लहेरी समाज केन्द्रिय कार्यालय जनकपुरधामको सल्लाहकार भरत साह लहेरी,उपाध्यक्ष रमेश कुमार साह लहेरी,कोषाध्यक्ष शत्रुधन साह लहेरी,सदस्य बरुण साह लहेरी,सदस्य सुजित साह,सदस्य हरेराम साह लहेरी लगायत सयौं व्यक्तिहरुको सहभागिता रहेको थियो । यता धर्ना पश्चात जिल्ला प्रशासन कार्यालय धनुषामा करिब १ घण्टा मूल ढोका बन्द गरी बिरोध प्रदर्शन तथा बंशज नागरिकता देउ,ओविसिको माँग पुरा गर जस्ता नाराहरु लगाई बिरोध प्रदर्शन गरिएको थियो ।
अन्त्यमा यता राष्ट्रिय अध्यक्ष ,प्रदेश अध्यक्ष र महासचिव लगायत अन्य पदाधिकारीहरुले आफ्ना मन्तब्य तथा धर्ना बस्नुको आवश्यकता बारे प्रकाश पार्नुभयो ।
धर्ना कार्यक्रम करिब ११ बजेदेखि ४ः३० बजेसम्म गरिएको थियो । बैशाख ७ गते काठमाडौंको माइतिघर मण्डलामा बिरोध तथा धर्ना कार्यक्रम र बैशाख ११ गते सम्पूर्ण मधेश बन्द गरिने कार्यक्रम रहेको राष्ट्रिय अध्यक्ष महतोले जानकारी गराउनुभयो ।
साथै यस कार्यक्रमहरुमा सबै ओबिसिहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।