ज्ञान गंगाद्वारा आफ्ना शिक्षकहरुलाई अभिमूखिकरण तालिम – Jaleshwortoday

ज्ञान गंगाद्वारा आफ्ना शिक्षकहरुलाई अभिमूखिकरण तालिम

 ६ बैशाख २०८२, शनिबार ०१:२८  
9

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ बैशाख

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आफ्ना शिक्षक तथा शिक्षिकाहरुलाई एक कार्यक्रम वीच अभिमूखिकरण तालिम दिएको छ ।
भारतको दिल्लीबाट जनकपुरधाम आइपुगेको विशिष्ट अतिथि तथा शास्त्रीय नर्तक तथा प्रशिक्षक हृदेव रायले यस विद्यालयको अन्तिम परीक्षाफल प्रकाशनको दिन शिक्षक तथा शिक्षिकाहरुलाई कक्षाकोठामा बालबालिकाहरुलाई सिकाउने बिधि हरुका बारेमा जानकारी गराउनुका साथै आफ्नो छोराछोरी झै मित्रबत व्यवहार गरेर पढाउन सल्लाह दिनुभयो । अभिमूखिकरण कार्यक्रममा शिक्षक तथा शिक्षिकाहरुले आफ्ना मनका जिज्ञासाहरु राख्नुका साथै त्यसका सामाधान समेत पाएर खुशी देखिएका थिए । विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले गुरु रायलाई विशिष्ट अतिथिको व्याच तथा खाँदा लगाई सम्मान गर्नु भएको थियो भने उपस्थित गुरुवर्गले तालि बजाएर सम्मान गर्नु भएको थियो । गुरु रायले २०२५ को जुन महिनामा जनकपुरधाममा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको अगुवाईमा २० दिनको दोस्रो डान्स वर्कसप राख्ने समेत जानकारी गराउनुभयो । यस वर्कसपमा जनकपुरधामका कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीहरुलाई समावेश गराउन सक्नेछन् ।