कोरोना संक्रमणलाई रोकौं – Jaleshwortoday

कोरोना संक्रमणलाई रोकौं

 १३ बैशाख २०७८, सोमबार ०८:२२  
editorial

नेपालमा फेरी एकचोटी कोरोना कहरले मानवीय क्षति देखि अन्य क्षति गर्ने लक्षण देखा पर्न थालेका छन् । अहिले छिमेकी मुलुक भारतमा कोरोना संक्रमण द्रुत गतिमा बढेको कारण त्यहाँको अवस्था ज्यादै नै कष्टकर बन्दै गएको बुझिएको छ । अहिले भारतको विहारमा समेत यो कोरोना कहरले धुम मचाउन थालेको छ । त्यसकारण नेपालमा समेत कोरोनाको संक्रमण बढेसँगै संक्रमण रोक्ने चुनौति पनि थपिएको छ । कोरोना संक्रमणको गतिलाई न्युनिकरण गर्दै नियन्त्रण गर्नको लागि नेपाल सरकार,प्रदेश सरकार तथा स्थानिय सरकारले एकजुट भएर समन्वय गरेर अगाडी बढनु पर्ने अवस्था रहेको देखिन्छ । नेपाल सरकारको अनुसार शहरहरुमा कोरोना संक्रमण ज्यादै नै रहेको अवस्थामा विद्यालयहरुलाई बन्द गराउन थालिएको छ । तर विद्यालयहरु मात्र बन्द गराएर संक्रमण रोकिने हो त ? पक्कै पनि होइन । विद्यालयहरुमा कोरोना संक्रमणबाट बच्ने प्रविधिको चुस्त रुपमा कार्यान्वय गर्न गराउन जरुरी देखिन्छ । नेपाल सरकारले अहिले सम्म ध्यान नपुर्याएको क्षेत्र हो यातायात । जबसम्म यातायातलाई बन्द गरिदैन तबसम्म कोरोना संक्रमणलाई कुनै पनि ताकतले रोक्न सक्दैन । किनभने बच्चाहरु मात्र विद्यालय हुदैन की बरु सबारी साधनहरुमा समेत बच्चाहरु रहेको कारण यस्ता साधनहरुलाई पूर्ण रुपमा ठप्प गर्नुपर्छ । बैकल्पिक रुपमा चलाउनु पर्ने आवश्यकता रहेको खण्डमा मास्क,समाजिक दुरी तथा सेनेटाइजरको व्यवस्था गर्नु जरुरी देखिन्छ । बढी संक्रमण भएको शहरबाट यातायातको आबागमन अन्य शहरमा रोक्नुपर्छ । भारतबाट आउने व्यक्तिहरुलाई चेक जाँच गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था देश भरी नै गर्न जरुरी छ । विदेशी आवागमन पूर्ण रुपमा बन्देज गरिनुपर्छ । कोरोना बिपदको व्यवस्थापनको लागि स्वास्थ्य सामाग्र्रीदेखि त्यसको व्यवस्थानमा सिघ्रता ल्याउनु अति जरुरी देखिन्छ ।