नेपाल सरकार कोरोना महामारी बेला आफ्नो जिम्मेबारी तथा दाँयित्वदेखि पन्छिदै गएको देखिन्छ । अहिले नेपाली जनता दोस्रो पटक कोरोनाबाट लड्नुपर्ने अवस्थामा आइसकेका छन् । नेपालमा कोरोनाको संक्रमण तिव्र गतिमा बढीरहेको अवस्था छ । मानवीय डर तथा त्रास फैलाउने काम कम भएको छैन नेपाल सरकारबाट । यस डर त्रासको सिकार बन्न पुगेका छन् सर्वप्र्रथम विद्यालय संचालकहरु जसलाई कारागारमा समेत थुनेर राखियो पछि त्रसित पारिसकेपछि कारागार मुक्त गरियो । ठूला व्यापारीदेखि दैनिक रुपमा काम गरेर आफ्नो जिविका चलाउनेहरुका मन मष्तिष्कमा कम छैन त्रास की हाम्रो आर्थिक उपार्जन कसरी हुन्छ लकडाउन अबधिमा । झन कोरोना संक्रमित तथा उनका परिबारजन छन् त्रसित तथा भयभित की हाम्रो ज्यान कसरी बच्छ जब की भ्यान्टीलेटरको उपलब्धता छैन स्वास्थ्य संस्थाहरुमा । समान्य जनता त्रसित छन् उ कोरोना संक्रमित छन् की असंक्रमित किनभने उनको कोरोना परिक्षण भएको छैन । यस्ता धेरै कोरोनासँग सम्बन्धित समस्याहरु छन् जसको व्यवस्थानमा नेपाल सरकार पन्छिएको अवस्था छ । कोरोना संक्रमण हुने सबभन्दा ठूलो माध्यम हो यातायात जसको नेपाल सरकारले अहिलेसम्म ख्यालै गर्नुभएको छैन । कोरोना संक्रमण लाई रोक्ने जुक्ति लगाउने ठाउँमा नेपाल सरकार निर्णय मात्र गर्नमा तल्लिन रहेको देखिन्छ । अहिले नेपाल सरकार विगत झै पूर्ण रुपमा लकडाउन गर्नै योजना बनाई सकेको अवस्थामा लकडाउन पूर्वको तयारी बिगतदेखि अहिलेसम्म गैरजिम्मेबारीपूर्र्ण देखिन्छ । जस्तो की लकडाउनमा जनताको आर्थिक समस्या,स्वास्थ्य समस्या,भोजनको समस्या,भैपरी आउने बखतको क्वारेन्टाइनको व्यवस्थापन लगायतको कुनै योजना तथा निर्णय स्पष्ट छैन तर लकडाउन गर्ने योजनाले अहिलेको परिवेशमा अन्य दुर्घटना निम्त्याउनु बाहेक अरु केहि देखिदैन । नेपालीले आवश्यक करदेखि अन्य सम्बन्धीत सबै कर तिरेको अवस्थामा आपदाको बेला यस्ता सहयोग सरकारबाट नपाउनु जिम्मेबारीबाट पन्छिनु बाहेक अरु केहि देखिदैन । त्यसकारण अहिले पनि ढिलो भएको छैन यी समस्याहरु व्यवस्थान गर्नलाई । यसको राम्रो पाठ मित्र राष्ट्र भारतबाट लिन सकिन्छ । जनताको सम्पति बिपदको बेलामा जनतामा खर्चिनु राष्ट्र नायकको जिम्मेबारी हुनुको साथै मानवीय धर्म पनि हो । त्यसकारण यतिबेला अभिभावकको रुपमा नेपाल सरकारले तुरुन्त आफ्ना जनतालाई बचाउन लाग्नु जरुरी रहेको देखिन्छ ।