जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २२ बैशाख
मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले जानकी नवमीको अवसरमा सोमबार चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।
माता सिताको अवतरण तथा जन्मोत्सव(जानकी नवमी) को अवसरमा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले कक्षागत विद्यार्थीहरु वीच माता सिता तथा मर्यादा पुरुषोत्तम रामको चित्र बनाउन लगाएर चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितमा करिब २० जना छात्रछात्राहरुले सहभागिता जनाएका थिए । जसमध्ये गोपी शर्मा प्रथम,सुरज मण्डल द्वितीय तथा राघनी दास तृतिय भएका थिए । यसरी प्रथम,द्वितीय तथा तृतीय हुने छात्रछात्राहरुलाई सोही विद्यालयको उपप्रधानाध्यापक सोनी साहले टीका लगाई आकर्षक म्याडलले पुरस्कृत गर्नु भएका थिए । सहभागी अन्य विद्यार्थीहरुलाई समेत टीका लगाई राम्रो गर्नको लागि प्रोत्साहित गर्नुका साथै जानकी नवमीको सबैमा शुभकामना समेत ज्ञापन गर्नु भएका थिए । यस कार्यमा विद्यालयको शिक्षिका रोशनी यादवले सहयोग तथा समन्वय गर्नु भएको थियो । यस पुनित तथा खुशियालीको अवसरमा प्रधानाध्यापक प्रा.पवन कुमार साहले समेत सम्पूर्ण गुरुवर्ग,कर्मचारी,अभिभावक,विद्यार्थी तथा नगरवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो । यस अवसरमा मधेस प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरी जानकी नवमीको दिन मंगलबार सार्वजनिक विदा समेत दिएका छन् ।

