जानकी नवमीको अवसरमा ज्ञान गंगाद्वारा चित्रकला प्रतियोगिताको आयोजना – Jaleshwortoday

जानकी नवमीको अवसरमा ज्ञान गंगाद्वारा चित्रकला प्रतियोगिताको आयोजना

 May 6, 2025  
333

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २२ बैशाख

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले जानकी नवमीको अवसरमा सोमबार चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।
माता सिताको अवतरण तथा जन्मोत्सव(जानकी नवमी) को अवसरमा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले कक्षागत विद्यार्थीहरु वीच माता सिता तथा मर्यादा पुरुषोत्तम रामको चित्र बनाउन लगाएर चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितमा करिब २० जना छात्रछात्राहरुले सहभागिता जनाएका थिए । जसमध्ये गोपी शर्मा प्रथम,सुरज मण्डल द्वितीय तथा राघनी दास तृतिय भएका थिए । यसरी प्रथम,द्वितीय तथा तृतीय हुने छात्रछात्राहरुलाई सोही विद्यालयको उपप्रधानाध्यापक सोनी साहले टीका लगाई आकर्षक म्याडलले पुरस्कृत गर्नु भएका थिए । सहभागी अन्य विद्यार्थीहरुलाई समेत टीका लगाई राम्रो गर्नको लागि प्रोत्साहित गर्नुका साथै जानकी नवमीको सबैमा शुभकामना समेत ज्ञापन गर्नु भएका थिए । यस कार्यमा विद्यालयको शिक्षिका रोशनी यादवले सहयोग तथा समन्वय गर्नु भएको थियो । यस पुनित तथा खुशियालीको अवसरमा प्रधानाध्यापक प्रा.पवन कुमार साहले समेत सम्पूर्ण गुरुवर्ग,कर्मचारी,अभिभावक,विद्यार्थी तथा नगरवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो । यस अवसरमा मधेस प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरी जानकी नवमीको दिन मंगलबार सार्वजनिक विदा समेत दिएका छन् ।

22