जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ बैशाख
पूर्व सूचना अनुसार धनुषा जिल्लामा मंगलबारदेखि शुरु भएको निषेधाज्ञाले समान्य जनतादेखि अन्य जनमानसको समेत जनजिवन प्रभावित भएको छ ।
यता पूर्ण लकडाउनका कारण अतिआवश्यक सामाग्री बोक्ने सबारी साधनहरु ओसारपसार गर्ने सबारी साधनहरु तथा सार्वजनिक यातायातहरु पूर्ण रुपमा ठप्प रह्यो ।
पैदल यात्रिदेखि मोटरसाइकल यात्रिलाई बिहानैदेखि प्रहरीहरुले सोधपुछ गरी अवरोध गरेका थिए । विहानैदेखि वर्षाको कारण समेत यता जनजिवन प्रभावित भएको बुझिएको छ । यता वित्तिय कारोबार गर्ने सरकारी बैकदेखि निजि बैकहरु तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहेको थियो । तर निषेधाज्ञाको कारण कारोबार गर्नेहरुका बैंकहरुमा सामान्य उपस्थिति रहेको थियो । संचारको कमिको कारण लकडाउनको समयावधि तथा खाद्य सामाग्रीहरु बेच्ने तथा किन्नेहरु अन्योलमा रहेको देखियो । सरकारी कार्यालयहरु सामान्य कर्मचारीहरुको उपस्थितिमा शुचारु रहेको थियो ।