महोत्तरीमा पहिलो दिन निषेधाज्ञाले जनजिवन कष्टकर – Jaleshwortoday

महोत्तरीमा पहिलो दिन निषेधाज्ञाले जनजिवन कष्टकर

 २३ बैशाख २०७८, बिहीबार ०८:४१  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ बैशाख

पूर्व सूचना अनुसार महोत्तरी जिल्लामा बुधबारदेखि शुरु भएको निषेधाज्ञाले समान्य जनतादेखि अन्य जनमानसको समेत जनजिवन प्रभावित भएको छ । यता पूर्ण लकडाउनका कारण अतिआवश्यक सामाग्री बोक्ने सबारी साधनहरु ओसारपसार गर्ने सबारी साधनहरु तथा सार्वजनिक यातायातहरु पूर्ण रुपमा ठप्प रह्यो ।

May be an image of 1 person, standing, playing a sport, outdoors and text that says '"Wish You Very Happy New Year 2078" GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL Janakpurdham-12, East to Machhapalan (Airport Road) ADMISSION OPEN (PG TO Above Classes) (With Hostel) YOUR DREAMED SCHOOL For Online Regn. gyangangaipstc edu.np A School Which Trains Career Building Games Contact: 9844027971, 9824877627'
पैदल यात्रिदेखि मोटरसाइकल यात्रिलाई बिहानैदेखि प्रहरीहरुले सोधपुछ गरी अवरोध गरेका थिए । विहानैदेखि वर्षाको कारण समेत यता जनजिवन प्रभावित भएको बुझिएको छ । यता वित्तिय कारोबार गर्ने सरकारी बैकदेखि निजि बैकहरु तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहेको थियो । तर निषेधाज्ञाको कारण कारोबार गर्नेहरुका बैंकहरुमा सामान्य उपस्थिति रहेको थियो । संचारको कमिको कारण लकडाउनको समयावधि तथा खाद्य सामाग्रीहरु बेच्ने तथा किन्नेहरु अन्योलमा रहेको देखियो । सरकारी र स्थानिय पालिकाका कार्यालयहरु सामान्य कर्मचारीहरुको उपस्थितिमा शुचारु रहेको थियो ।