जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ बैशाख
नेपाल–भारतसँग जोडिएका महोत्तरी र धनुषाका सबै सिमानाकाहरु पूर्ण रुपमा बन्द गरिएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै धनुषाका सबै सिमा सिल गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
धनुषासँग जोडिएका जटही नाका, इनर्वा नाका लगायत सबै नाकाबाट अब आवतजावत गर्न रोक लगाइएको छ ।
यद्दपी मालसमान ढुवानी नेपाल सरकार मन्त्रीपरिषद्को आइतबारको निर्णयमा नेपाल भारत बीच आवतजावत गर्न यस जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारत तर्फ आवत जावत गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले एक सूचना जारी जानकारी दिएका हुन् । यता महोत्तरीका भिठामोड,सुरसण्ड,सम्सी,मटिहानी लगायत अन्य नाकाहरु समेत कोरोनाको संक्रमणको कारण पूर्ण रुपमा आवतजावत बन्द गरिएको छ । हिन्दुहरुको बिहेबारीको समयको कारण सिमानाका बन्दका कारण भारतीयहरु तथा नेपालीहरु घेरिएका छन् ।