जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ आश्विन
धनुषामा बालकलाई मल द्वारमा करणी गरि हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका—७ भठिहनका २२ वर्षीय रामबहादुर सदा छन् । धनुषाको प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार मध्याह्न १२ः०० बजेको समयमा जिल्लाको धनुषाधाम नगरपालिका—७ किसानपुर बस्ने रामेश्वर सदाको छोरा वर्ष ५ को रुपेश सदा घरबाट निस्की हराएकोमा खोजतलास गर्दै जाने क्रममा शुक्रबार दिउँसो १ः३० बजेको समयमा सोही ठाउँका कृषी ईट्टा उद्योगको परिसरभित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा मृत फेला परेको थियो । मृतक बालको नातामा दिदी पर्ने २ जनाले शवदेखि शवलाई उठाई घरमा लगि राखेको खबर प्रहरीलाई प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटेको टोलीले मृतक लाशक जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको थियो । पक्राउ परेका सदाले आफ्नो सालो नाता पर्ने मृतक रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाई संगै साथमा माछा मार्न गएको अवस्थामा बालकलाई अप्राकृतिक मैथुन ( मलद्धारमा ) करणी गरिरहेको अवस्थामा बालक वेहोस भएपछि रामबहादुर सदाले मृतकले लगाएको कन्दनी ( डारा ) ले घाँटी कसी हत्या गरेको भन्ने प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी मिश्रले जानकारी दिए । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।