संविधानलाई जोगाऔं – Jaleshwortoday

संविधानलाई जोगाऔं

 ९ जेष्ठ २०७८, आईतवार ००:०९  
Education

वर्तमानमा नेपालको राजनैतिक अवस्था ज्यादै नै चिन्ताजनक देखिन्छ । अहिले देशलाई चलाउने एउटै अन्तिम कानुन संविधान नै बलात्कृत तथा हत्या गरिएको छ । नेपालमा पुस ५ गते भएको प्रतिनिधि सभाको विघटन र फेरी जेष्ठ ८ गते भएको प्रतिनिधि सभाको विघटन संविधानको बलात्कार तथा हत्याका प्रमाणहरु छन् । विश्वमा कुनै पनि देशमा संविधानमा नभएको कानुनलाई प्रयोग गरी प्रधानमन्त्री जोगाउने सम्माननीय राष्ट्रपतिको क्रिडाले अहिले सम्पूर्ण नेपालीलाई नै हाक्ने संविधान राष्ट्रपति तथा प्रधानमन्त्रीको गोजीको कठपुतली बनेको प्रमाणित भएको छ ।
अहिले भर्खरै प्राप्त समाचार अनुसार बेलायको संसद भवनमा नेपालको स्वास्थ्य तथा कोरोनाको कहरको बारेमा ठूलो बहस भइरहेको तथा समाधानको समेत तयारी भइरहेको बेलामा देशलाई चुनावको खाँडलमा धकेल्नु जनता तथा देशलाई आर्थिक रुपमा कमजोर गरी जनता बचाउने कार्य लाई प्राथमिकता नदिई मरेको जनताबाट भोट माँग्ने कार्यको योजना बनाउनु ज्यादै नै अमानवीय व्यवहार भएको जनमानस तथा सबै विज्ञहरुलाई अनुभुति भएको छ । देशको सम्मानीय तथा परम आदरणीय अभिभावक राष्ट्रपति तथा प्रधानमन्त्रीबाट नै यस किसिमको परिस्थितिको सृजना गर्नुले समग्र नेपालीको विश्वासघात भएको छ । यसको जवाफको रुपमा अहिले देशको कानुनको रक्षा गर्ने अर्काे जिम्मेबार निकाय न्यायपालिकाले दिनुपर्छ । संविधान तथा जनता र समग्रमा देशलाई बचाउने तथा सुरक्षित राख्ने काम न्यायपालिकाको भएकोले यतिबेला संविधानलाई जोगाउँन जरुरी देखिन्छ ।