जसपाले सहकार्य गर्न जरुरी – Jaleshwortoday

जसपाले सहकार्य गर्न जरुरी

 २६ जेष्ठ २०७८, बुधबार २१:२१  
Education

जसपा नेपालको अहिलेको अवस्था चिन्ताजनक तथा द्वन्द्वपूर्ण देखिन्छ । महन्थ ठाकुर तथा राजेन्द्र महतोको सँयुक्त सरकारमा जाने निर्णयले पार्टिलाई विभाजित गरेको छ । उपेन्द्र यादवले प्रतिनिधि सभा विघटनको मुद्दालाई अगाडी बढाईरहेको बखतमा ठाकुर पक्षले प्रधानमन्त्री के.पी. शर्मा ओलिलाई समर्थन गरेको कारण उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षले आफ्नो बिमति जनाएको थियो । तर ठाकुर र ओलीको नजिकिएको सम्बन्धको कारण विभिन्न मधेसको माँगहरु समेत सम्बोधन भएको तथा अन्य माँगहरु समेत पछि पुरा गरिदिने विश्वास पलाएको ठाकुर पक्षले खुलैर ओलीलाई सहयोग गरेको छ । आखिर उपेन्द्र पक्षले पनि मधेस र मधेसीको अधिकारको लागि संघर्ष गरिरहेको बखतमा एउटै सिङ्गो पार्टि बाहिरिएर एक अर्काको आलोचना तथा स्पष्टिकरण माँग गर्ने तरिकाले जनताको विश्वास कमजोर भएको छ । जनताले देखेको सपना टुटेको छ । त्यस कारण यस्ता भित्रि राजनैतिक तथा अन्य कुराहरु दुवै पक्षले छलफल तथा सहमतिको माध्यमले समाधान गरेर अगाडी बढनुपर्ने थियो । तर त्यस्तो सहकार्य तथा सहमति नगरेर यसरी जनताको अगाडी दिग्गज नेताहरु नाङ्गीनु कदाचित अनुशासित समाजको लागि राम्रो होइन । जनतालाई धैर्यता र स्थिरताको पाठ सिकाउने यी ठूला नेताहरुका चरित्र हत्या आफ्नै कारण भएका छन् । त्यसकारण यस किसिमको एकले अर्काको मन्त्री हटाउने तथा तान्ने प्रबृतिको अन्त्य गरौं ।